राजदेवीमा राहत बितरण

71

रौतहट । रौतहटको राजदेवी नगरपालिकामा बाढ़ी पीड़ित परिवारलाइ राहत सामग्री वितरण गरिएको छ ।
गौर नर्सिंग क्याम्पसमा आयोजना गरिएको कार्यक्रममा असल छिमेकी नेपाल कास्की पोखराको सहयोगमा राहत सामग्री बितरण गरिएको हो । राजदेवी नगरपालिका वड़ा नम्बर १,३,५ का सुत्केरी महिला तथा वड़ा नम्बर ६ र ९ का बाढ़ी पीड़ित परिवारलाइ राहत दिइएको राजदेवी नगरपालिकाको नगर प्रमुख भिखारी राय यादवले जनाकारी दिएको छ ।
सुत्केरी तथा गर्भवती महिलाहरुलाई ऊनि टोपी ,उलेन सल , बेबी ब्लेंकेट आमाको लागि उलेन टोपी , घी आधा केजी , जवाइन २०० ग्राम , मेथी १०० ग्राम ,खानेतेल १ लीटर ,नुहाउने साबुन ३ पीस , लुगा धुनें साबुन ४ पीस गरी पैकिंग गरिएको सामग्री २३० जनालाइ वितरण गरिएको छ । बाढ़ी पीड़ित परिवारलाइ चामल २५ किलो , दाल ३ किलो , नून १ किलो , चीनी १ किलो , चिउरा २ किलो , स्वाबीन आधा किलो , चायपत्ती २०० ग्राम टूथपेस्ट , टूथब्रस, सेनेटरी पैड , पोलर बलैंकेट मेडियम १ पीस , डबल लेयर बलैंकेट १ पीस , त्रिपाल १ थान , प्लास्टिक मैट १ पीस सामान राखिएको पैकिंग २५० जना परिवारलाइ दिइएको छ ।
नगरपालिकाले कृषि ,भौतिक पूर्वाधार, माछा ,तरकारी खेती लगायतका क्षति बारे विबरण संकलन गर्ने कार्य जारी राखेको जानकारी दिदै जसरी भएपनि किसानलाइ तथा प्रभावित परिवारलाई राहत दिलाउने बचन दिए । पीड़ितलाइ हतास नहुन अनुरोध गर्दै मेयर यादवले पीड़ितको दुःखमा गर्दै आएको सहयोग निरन्तर जारी राख्न असल छिमेकी नेपाललाइ अपील गरे । राहत वितरण कार्यक्रममा उपप्रमख राज कुमारी देवी , प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ , समाजसेवी नबीन सिंह , पवन साह ,रामबलि यादव र विभिन्न मिडियाका पत्रकारहरु लगायतको सहभागिता रहेको थियो।