बाढी सकंटग्रस्त घोषणा गर्न माग

52

रौतहट । रौतहटको ५ वटा पालिकाको प्रमुखहरुले संयुक्त रुपमा आईतवार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलार्ई ज्ञापन पत्र बुझाएका छन् । गएको असोज महिनामा आएको भिषण बाढीबाट प्रभावित भएपनि राज्यबाट रौतहटका पाँच वटा स्थानीय तह संग विभेद गरेको भन्दै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साह, माधव नारायणका नगरप्रमुख बैजुप्रसाद यादव, इशनाथका नगरप्रमुख कौशल्या देवी, बौधीमाई नगरपालिकाको नगरप्रमुख प्रदीप यादव र यमुनामाई गाउँपालिकाको अध्यक्ष महम्मद सउदले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय रौतहटमा उपस्थित भई प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका हुन् ।
गत असोज १० देखि १२ गते सम्म भएको घनघोर बर्षाबाट असोज १३ गते वागमती र लाल बकैया नदी सहित विभिन्न खोलामा आएको बाढीबाट जिल्लाको अधिकाँश भु भाग डुवानमा परेर ठूलो भौतिक संरचनाको क्षति भएका थिए । बागमती नदीले गढीमाई नपाको लक्ष्मिपुर र धर्मपुर तथा राजदेवी नपाको बाँध फुटाएको र लाल बकैया नदीले झौवा, हर्षाहा, मर्यादपुर, इनर्वा, तेजापाकड, वैरियाको बाँध कटान गरेर स्थानीयहरुको घरमा बाढी प्रवेश गरेर ठूलो क्षति भएको छ । किसानहरुको हजारौं विगहामा लगाइएका धान बाली नष्ट भयो ।
व्यापारिक प्रतिष्ठानमा ठूलो क्षति भएपनि तर राष्ट्रिय विपद जोखिम न्यूनिकरण व्यवस्थापन शाखाले यी पालिकाहरुको नाम संकटग्रस्तको सूचीमा नराखेकोमा आक्रोश पोख्दै स्थानीय तहका प्रमुखहरुले प्रजिअ हिरालाल रेग्मी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाए ।
गत असोज २१ गते प्रजिअ मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएर यहाँका किसान, व्यापारी र स्थानीय बासिन्दाहरुको असहनिय पीडालाई चाँडै सम्बोधन गर्नुपर्ने माग गरिएका थिए । तर उक्त मागलाई बेवास्ता गर्दै रौतहटका पाँच वटा पालिकालाई मात्रै बाढी प्रभावित पालिका घोषणा गरेर हामीहरु संग राज्यले सुनियोजित रुपमा विभेद गरेको ठहर गर्दै आज पुनः प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले बताए ।
नेपाल सरकारको गृह मन्त्रालयको नेपाल राजपत्र खण्ड ७४ असोज २१ गते २०८१ साल अतिरिक्त ३३ मा प्रकाशित सूचना अनुसार रौतहट जिल्लाको विभिन्न ५ स्थानीय तह विपद संकटग्रस्त घोषणा गरिएकोमा सो तर्फ हाम्रो गम्भीर ध्यानाकर्षण भई वागमती र लालबकैया नदी छेउमा रहेका गौर, माधव नारायण, इशनाथ, बौधीमाई नगरपालिका र यमुनामाई गाउँपालिका बाटीबाट अति प्रभावित भएपनि विपद संकटग्रस्त क्षेत्र घोषणा नभएकोमा दुखेसो पोख्दै ईशनाथ नगरपालिका नगरप्रमुख कौशल्या देवीले राज्यले सम्बोधन गर्न इन्कार गरेको महसुस भएकोमा विपद संकटग्रस्त क्षेत्र समावेश गर्न छुट भएकोमा यी पालिकाहरुलाई समावेश गरी यहाँका जनताहरुको आलो घाउँ माथि मलहम लगाइनका लागि समेत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ध्यानाकर्षण गराउनका निमित्त यो ज्ञापन पत्र बुझाइएकी हुन ।
सोे ज्ञापन पत्रमा माधवनारायाण नगरपालिका नगरप्रमुख बैजनाथ प्रसाद यादब,बौधीमाई नगरपालिका नगप्रमुख प्रदिप कुमार यादब,यामुनामाई गाँउपालिका अध्यक्ष महम्द सउद,गौर नगरपालिका उपप्रमुख शैल देवी,बौधीमाई नगरपालिकाको उपप्रमुख प्रमीला देवी,गौर नगरपालिकाका १ वडा अध्यक्ष लालबाबु चौधरी, बिनोद साह कलवार, अब्दुल ताहिर, संजय गिरी,शिवशंकर यादब,अवध शिहारी साह,हरिशंकर पाण्डे,कुमार अर्जुन सिंह,कार्यपालिका सदस्य मनोज सिंह माधव नारायाण नपाको वडा ७ का अध्यक्ष दिलीप कुमार यादब,राम किशोर साह,रामनरेश यादब,योगेन्द्र प्रसाद महतो लगायतका प्रतिनिधिहरु सहभागि रहेको थियो ।