फतुवा बिजयपुर नगरपालिकाको नगर सभा सम्पन्न

53

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाले शनिबार आठौं नगर सभा सम्पन्न भएको छ ।
स्थानीय तहले असार मसान्तभित्रमा नगर सभा गरी अगामी आर्थिक वर्षको बजेट, नीति तथा कार्यक्रम ल्याईसक्नु पर्ने व्यवस्था गरेको छ । तर पालिकामा निर्वाचित जनप्रतिनिधिहरु बीचको आन्तरिक द्वन्द र विवादका कारण फतुवा विजयपुरमा गत असार महिनामा नै सम्पन्न गर्नुपर्ने नगर सभा ढिलो गरी सम्पन्न भएको हो ।
नगरपालिका कार्यालय परिसरमा कार्यवाहक नगर प्रमुख अम्ब्या खातुनको अध्यक्षतामा फतुवा विजयपुरको आठौं नगर सभा अधिवेशन सम्पन्न भएको हो ।
मधेस प्रदेश अर्थ मन्त्री सुनिल कुमार यादव(जितेन्द्र यादव ) को प्रमुख अतिथिमा आठौं नगर सभामा बोल्दै नगरपालिकालाइ बिवादको कारण नगर सभा नहुने भएकोमा शिक्षक,कर्मचारी लगायतका कर्मचारीहरु बितेको दशैमा तलब नपाएपछि दुखि भएकोमा अब देखि यस्तो समस्या नहुने दिने सबै जनप्रतिनिधिहरुलाइ अनुरोध गरेको छ । नगरपालिकाले आठौं नगर सभाद्वारा यस चालु आर्थिक वर्ष २०८१- ०८२ का लागि ६० करोड ७७ लाख ७ सय ९८ रूपैया बजेट सर्वजनिक गरेको छ । नेपाल सरकारको संघीय बजेटबाट समानीकरण अनुदान, सशर्त अनुदान (पुजिगत), सशर्त अनुदान गरि जम्मा . २६ करोड ४६ लाख ४६ हजार ७ सय १० रुपैया विनियोजन गरिएको छ ।
चालु तर्फ ३४ करोड ३० लाख ५४ हजार ८८ रुपैया विनियोजन गरिएको छ ।

निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद गुप्ताले नगरको समग्र विकासका लागि उक्त बजेट प्रस्तुत गर्नुभएको थियो । नगर सभाले अफ्ना नीति तथा कार्यक्रममा शिक्षा, स्वास्थ्य, भौतिकपूर्वधार, कृषि र खानेपानी लगायको क्षेत्रलाई विशेष प्राथमिकता राखेको जनाइएको छ । तर निकै लामो समयको प्रयासपछि जनप्रतिनिधिहरुबीच सहमति भएको र नगरपालिकाको आठौं नगर सभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेट बहुमतले पारित भएको हो । नगर सभामा नगरपालिकाका सबै ११ वटै वडाका वडाध्यक्ष सहित कार्यपालिकाका बहुमत सदस्यको उपस्थिति रहेको थियो ।