मधेश प्रदेशका मुख्यमन्त्री यादव द्वारा रौतहटको गौरमा यातायात कार्यालयको उद्धाटन

386

रौतहट जिल्लाको यातायात सेवा कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवा विस्तार संचालनको मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादव द्वारा उद्धाटन गरिएको छ । कार्यक्रम कर्यालय प्रमुख अमरेन्द्र कुमार दास को अध्यक्षतमा भएको हो ।

आज मुख्यमन्त्री यादवले विधिवत रुपमा रिवन काटी र कम्प्युटरमा आफ्नो हात बाट एक चालक अनुमतिपत्रको म्याद थपी यातायात कार्यालय गौरमा सवारी चालक अनुमतिपत्र सेवाको उद्घाटन गरेका हुन् । रौतहट बासि सहित छिमेकी जिल्लाका सेवाग्राहीले सवारी साधनको सवारी चालक अनुमतिपत्र लिन भोगिरहेको समस्या अब सहज हुने भएको छ ।

कार्यक्रममा मन्तब्य राख्दै कृषि राज्य मंत्री यादवले पुर्व बाट बागमती र पश्चिम बाट लाल बकैया नदी बाट आएको बर्सेनी बाढ़ बाट सलिना भई रहेको क्षति बाट जोगिन तटबन्धको राम्रो बेवस्था आवस्यक रहेको बताए ।

मन्तब्यकै क्रममा नगर प्रमुख सम्भु साहले गौर नगरपालिका लगायत जिल्लाका विभिन्न समस्याहरु जस्तै जिल्लामा स्वास्थ्य सेवका लागि रहेको प्रादेशिक अस्पतालमा आई सि यु को आवस्यकता रहेको छ । शिक्षा क्षेत्रमा बोल्दै भने गुणस्तर शिक्षाको लागि दरबन्दी अनुसार दक्ष अनुभवी शिक्षकको आवस्यकता रहेको बताए । साथै कृषि क्षेत्रमा कृषकहरु लाई समुचित मलखाद तथा सिचाईको व्यवस्थाको आवस्यकता रहेको मुख्यमंत्री समक्ष अनुरोध गरेका छन् ।

कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री सरोज कुमार यादव , अतिथि पुर्व कृषि राज्य मंत्री योगेन्द्र यादव , मा किसोरी देवी दास , गौर नगरपालिकाको नगर प्रमुख सम्भु सह , ने क पा क केन्द्रिय सदस्य अजय गुप्त , जिल्ला प्रमुख अधिकारी धर्मेन्द्र मिश्र लगायत कार्यालयका कर्मचारी , संचारकर्मी , सुरक्षाकर्मी सहित समाजसेवीहरुको उपस्थिति रहेको थियो ।