रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकामा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बाल विवाह मुक्त दुर्गा भगवती गाउँपालिकाको अभियान सबै भन्दा कम बालविवाह भएको वडाध्यक्ष र सचिवलाई सम्मान कार्यक्रम शुक्रवार आयोजना गरेको छ ।
रौतहटमा २ गाउँपालिका मध्ये दुर्गा भगवती गाउँपालिकाद्धारा वडा नम्वर १ सामुदायिक भवनमा आयोजित “दुर्गा भगवती गाउँपालिकाको अभियान बाल विवाह मुक्त” कार्यक्रममा वडाध्यक्ष र सचिवलाई सम्मान गरिएका हुन् ।
सबै भन्दा बालविबाह कम भएको एवं जनचेतना जगाउने उद्देश्यबाट वडा नम्वर ३ मत्सरीमा बालविवाह सबै भन्दा कम भएकोमा वडाध्यक्ष धर्मेन्द्रकुमार झा (डिके) र सचिव उमेश चौधरीलाई सम्मानित गरेका छन ।
विगत तिन बर्षको डाटा निकाल्दा दुई पटक वडा नम्वर ३ उत्कृष्ट भएकोमा वडाध्यक्ष र सचिवलाई गाउँपालिका अध्यक्ष शम्भु सिंहले दोसल्लाह, माला र सम्मानपत्र दिएर सम्मानित गरका छन् ।
यसैगरी वडा नम्वर २ का वडाध्यक्ष सुरेश चौधरी र सचिव, वडा नम्वर ४ का वडाध्यक्ष रामानन्द यादव र सचिव रामबाबु यादव, वडा नम्वर ५ का वडाध्यक्ष धर्मनाथ चौधरी र सचिव तथा वडा नम्वर १ का प्रदुमन चौधरी र सचिव राजेश दासलाई प्रमुख अतिथि एवं गाउँपालिका अध्यक्ष सिंहले सम्मान गरको छ ।
सो कार्यक्रममा बालविवाह सम्बन्धी नाटक, प्रहसन लगायतका प्रदर्शनहरु गरिएका थिए । गाउँपालिकाबाट हर्षोल्लासका साथ स्थानीय बासिन्दाहरुको सामुदायिक भवनमा उपस्थिति रहेको थियो ।कार्यक्रमको प्रमुख अतिथि गापा अध्यक्ष शम्भु सिंहले उमेर नपुगेका बालबालिकाहरुलाई विवाह गर्दा उनीहरुको स्वास्थ्यमा प्रतिकुल असर पर्ने गरेको तथा कलिलो उमेरमा विहेवरी मानव स्वास्थ्य संगको खेलवाड भएको चर्चा गरे । उमेर नपुगेर विवाह गर्नेहरुलाई कानुनी अपराधको भागिदार बन्नु पर्ने हुन्छ, तिन बर्ष कैद र ३० हजार नगद जरिवाना हुने भएको हुँदा उमेर पुगेर मात्रै आ आफना छोराछोरीहरुको विहेवारी गर्न सुझाव दिए ।
गाउँपालिकाको उपाध्यक्ष शिला देवीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय अनुसन्धानको उपनिर्देशक वडाध्यक्षहरु सुरेश चौधरी, डिके झा, रामानन्द यादव र धर्मनाथ चौधरी मन्तव्य राखेको थियो भने प्रमुख प्रशासकीय अधिकृत परमानन्द पाठकले स्वागत गरे । दिपक चौधरी र सुरज मिश्राले उदघोषण गरे भने कार्यक्रम माथि बालविवाह फाँटका संयोजक मोनिका चौधरीले प्रकाश पारेको थियो ।