नगर प्रमुखले गरे सडक शिलान्यास

98

रौतहट । रौतहटकाे गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी प्रसाद जयसवालले वडा नं ९ गम्हरियामा सडक ढलान निर्माणको शिलान्यास गरेका छन् । नगरस्तरीय बजेटबाट निर्माण हुन लागेको ढलान सडकको जयसवालले शुक्रवार शिलान्यास गरेका हुन् ।

वर्षौदेखि जीर्ण अवस्थामा रहेको सडक निर्माणपछि त्यसक्षेत्रमा आवतजावतमा सहज हुने दाबी नगर प्रमुख जयसवालले गरे । नगरस्तरिय बजेटबाट बिनियोजित १० लाखको लागतमा १६० मिटर लम्बाई,१२ फिट चौडाई रहने गरी सडक ढलान हुने भएको हो । नगरभरी नै बिकास निर्माणको कामलाई तिब्रता साथ काम गरेको स्थानीले बताउछ ।