सिके राउतहरुको भ्रष्टाचार बिरुद्धको नारा फगत चुनावी एजेण्डा नबनोस l

1762

धर्मेन्द्र कुमार साह
८ कार्तिक
सिके राउत नेतृत्वको जनमत पार्टि अहिले तराई मधेशको राजनीतिमा प्रभाव जमाउन खोज्दै छ l स्थानिय तहको आसन्न सम्भावित निर्वाचनको मुखमा जनमत पार्टि आफ्नो उपस्थिति बढाउन खोजेको देखिन्छ l जनमत पार्टिले आफुलाई चर्चामा ल्याउन र मुलधारको राजनीति पार्टी बन्न खोजेको जस्तो देखिन्छ l जनमत पार्टिले कार्तिक ४ गते जनकपुरमा रहेको खानेपानी मन्त्रालय अन्तर्गतको संघिय खानेपानी तथा ढल निकाश आयोजनाको प्रमुख इन्जिनियर राजेश कुशवाहालाई उसैको भाषामा “जनकारवाही” गरेको दावी गर्यो l जनमतले गरेको भनेको जनकारवाही भ्रष्टाचारको बिरुद्धमा गरेको दावी गर्दै आएको छ l सामाजिक संजालमा भन्ने सिके राउतहरुको उक्त कदमको समर्थन र बिरोधमा ब्यापक चर्चाहरु भए l तर मुलरुपमा जनमत पार्टिले बनाएको चर्चामा आउने उसको योजना सफल भएको छ lमुलतः मधेशमा ३ थरिका राजनीतिक शक्तिहरु सक्रिय देखिन्छ l कांग्रेस ,कम्युनिष्टहरु परम्परागत राजनीतिक शक्ति हुन् l तुलनात्मक रुपमा उनीहरुको संगठनहरु स्थिर र बलियो अवस्थामा छ ल अर्को राजनीतिक शक्ति भनेको मधेसवादको कुरा गर्ने मधेश केन्द्रित दलहरु हुन् l अहिले ति दलहरुको प्रतिनिधित्व जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टिहरुले गर्दैछन् l मुख्त्या २०६३ को मधेश जनविद्रोहको जगमा जानेमा ति दलहरुको साङ्गठनिक उपस्थिति बलियो नभएपनि मधेशका एक तप्कालाई आकर्षित गर्न सक्ने राजनीतिक मुद्धा भने बोकेको छ l ति शक्तिहरु सडक देखि सदन सम्ममा आफ़ुलाऊ उभ्याई सकेको छम l कम्जोर तर अस्तित्व बचाउन सक्ने संगठन पनि छ l अर्को र सब भन्दा नया शक्ति भनेको सिके राउतले नेतृत्व गरेको जनमत पार्टि हो lस्वतन्त्र मधेश देशको मांग राख्दै पृथकतावादी आन्दोलनको समय स्वतन्त्र मधेश गठबन्धनको नामले गतिबिधि गर्दै आएका समुहनै राज्यको मुलधारमा आएपछि अर्थात नेपालको सार्भौमिकता र अखनडतालाई स्वीकार गरेपछि जनमत पार्टिको रुपमा रुपान्तरण भएको हो l अरु दलहरुको तुलनामा सिके राउतहरुको साङ्गठिक अवस्था कम्जोरनै छ l राजनीतिक मुद्धाको हिसाबले पनि ति दल संग नया केहि पनि देखिदैन l पुरानै मधेश केन्द्रित दलहरुले उठाउने गरेको मुद्धाहरुनै जनमत पार्टिको प्रमुख मुद्धा हो l अहिले सबै दलहरु निर्वाचन केन्द्रित गतिबिधि संचालन गर्दै छन् l कांग्रेस ,कम्युनिष्टहरुले आफ्नै पुरानै संगठन र निर्वाचित प्रतिनिधिहरुको मार्फतले गतिबिधि बढाएका छन् भन्ने लोसपा ,जसपाहरु पनि आफ्नै खण्डित र कमजोर संगठन मार्फत गतिबिधि बढाएका छन् l मुलधारको राजनीतिक पार्टिहरु कांग्रेस र कम्युनिष्टले मधेशमा मधेशवादी दललाई आलोचना गर्दै आफ्नो जनमत बढाउने अभियानमा लागेको देखिन्छ भन्ने मधेश केन्द्रित दलहरु पुरानै राजनीतिक एजेण्डा सहित जनमत बचाउन लागेको देखिन्छ l तर बदलिदो राजनीतिक घटनाक्रम, दलिय विभाजन,चरम राजनीतिक महत्वाकांक्षा र बेथिति तथा भ्रष्टाचारका बीच मधेशवादी दलहरुको भावनाको राजनीति एजेण्डा कम्जोर बनेको छ l मुलतः मधेशकै सडकहरु समेत तिनिहरुको लागी अनुकुल देखिएको छैन l अब यस्तो परिस्थितिमा जनमत पार्टिले आफ्नो उपस्थिति कसरि जनाउने भन्ने मूल प्रश्न हो l स्वतन्त्र मधेश देशको उसको एजेण्डा लगभग अस्वीकृत भइसकेको छ l कमजोर भएपनि संघियता ,धर्म निरपेक्षता तथा समावेशिकरणका कतिपय मांग संविधानले स्वीकार गरि अभ्यास समेत भइ रहेको छ l यस्तो अवस्थामा कमजोर र नया संगठन र लगभग मुद्दा बिहिनिताको अवस्थामा संसदीय खेलका चतुर खेलाडि मानिएका दलहरु लाई सिके राउतहरुले चुनौती दिन सक्ने सम्भावनाहरु कमै छ l चुनावमा लडन दुइटा कुराले प्रमुख रुपमा भूमिका खेलेको हुन्छ l एक बलियो संगठन र अर्को जनतालाई भावनात्मक रुपमा एकत्रित गर्न सक्ने चुनावी एजेण्डा l जनमत पार्टि संग कमसे कम आसन्न चुनावको लागि न त् बलियो संगठन छ न त् भावान्तमक रुपमा जनाताल्लाई आन्दोलित गर्न सक्ने राजनीतिक मुदा नै l खस गरि संघियताको अभ्यास हुन् थालेपछि स्थानिय स्तारहरुमा पनि ब्यापक आर्थिक गतिविधिहरु हुन् थालेको छ l कानूनी राज्यको स्थापन गर्न नसक्नु। जन्ताप्रतिको जवाफदेहि सरकार नहुनु । ब्याबास्थिका, कार्यपालिका अनि न्यापालिका कम्जोर हुनु अस्थिर राजनिती भित्र बड्दाे राजनीति नैतिक संकट, बेरोजगारी समस्या, रोजगारीमा पर्याप्त ज्याला नहुनु , सामाजिक सुरक्षाको प्रत्याभूति नहुनु , जसरी भए पनि सम्पत्ति जोडनु पर्छ भन्ने गलत संशस्कारको बिकास हुनु जस्तो कुराहरू को संस्थागत अभ्यासले आम नागरिक भन्ने खिन्न र दुखित रहेको साचो हो l मुलधारका राजनीतिक पार्टीहरुका साखा सन्तान कुनै न कुनै रुपमा माथि उल्लेखित अपराधजन्य कामहरुमा संलग्न रहेको हुदा तिनीहरुले भ्रष्टाचार बिरुद्ध सैद्धान्तिक बहस बाहेक सडकमा अभियान चलाउने अवस्थामा छैन l यस्तो अवस्थामा आफ्नो पकड र उपस्थिति बलियो बनाउन सिके राउतहरुले भ्रष्टाचार बिरुद्धको अभियान चलाएर आउदो निर्वाचनमा आफ्नो उल्लेखनिय उपस्थिति बनाउन सकिने सोचका साथ् अभियान आएको देखिन्छ l
गत संसदीय चुनावमा राष्ट्रवादको नारा दिएर केपी ओलिहरु र उपेन्द्र महान्ठारू उदाएको धेरै पुरानो भएको छैन l मुद्धा विहिनताको अवस्थामा जनमत पार्टिले उठाएको भ्रष्टाचारको नारा अवस्यनै आकर्षक देखिन्छ l सामाजिक संजालमा अहिले उअसको पक्ष र बिपक्षमा चर्चा र बहसहरु भएपनि आलोचकहरुले पनि मुखर भएर बोल्न सकेको छैन l अर्थात भ्रस्टाचार र बेथिति तथा मनमानी बढेको सबैले स्वीकार गरेको छ l जनकपुरमा भएको इन्जिनियर दुर्व्यबहारको घटनाको आलोचना गर्नेहरु पनि खुलेर इन्जिनियरको समर्थन गर्न सकेन l यो भनेको सिके राउतहरुको प्रारम्भिक जित हो l सोहि क्रमलाई जोड्दै जादा जनमत पार्टीले आन्दोलननै घोषणा गरेको छ l सोमवार सदरमुकामहरुमा उसले गरेको प्रदर्शनहरुमा तुलनात्मक रुपमा उत्साहजनक सहभागिता देखिनु पनि सिके हरुको प्रारम्भिक जित हो l
तर उसलाई चुनौतिहरुको चाङ्ग पार गर्नु पर्ने अर्को चुनौती पनि हो l भ्रस्टाचारको मुद्धा राजनीतिक मुद्दा जस्तो अल्पकाल सम्म चल्ने मुद्धा भने होइन तर भ्रष्टाचार बिरुद्धको लडाई पनि सहज हुदैन l यसको नाराले नागरिकलाई आन्दोलित त् गर्न सकिछ तर तिनै नागरिकहरु पछि बिभिन्न प्रभावाहरुमा परि आन्दोलनबाट टाढिने सम्भावना पनि त्यतिकै हुन्छ l अझै नेतृत्व पनि बिभिन्न प्रभावहरुमा पर्न सक्ने सम्भावना हुन्छ l मुद्धा उठाएर जनताको भावना संग खेल्ने अनि नागरिक तहहरुमा आन्दोलन उठ्नै लाग्दा नेतृत्व तहबाट समर्पण गर्ने पुरानै परिपाटी नेपालि राजनीतिको लागि नौलो होइन l यस अवस्थामा जनमत पार्टिले उठाएको एजेण्डा फगत चुनावी एजेण्डा नबनोस भन्ने शुभ कामना l