राजदेवी नगरपालिका नगर प्रमुख यादवद्धारा विद्यार्थीलाई पोशाक र ब्याग वितरण

97

रौतहट । बिधालय शिक्षा प्रति अभिरुचि जगाउन राजदेवी नगरपालिकाले बिधार्थिहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवले एक कार्यक्रमका बीच १९४ बालबालिकालाई ब्याग र बिधालयहरुलाई पोसाक वितरण गरेका हुन् ।

बिधालय क्षेत्र भन्दा बाहिर रहेका बिधालय उमेर समुहका १९४ बालबालिकालाई सो सहयोग गरिएको हो । बुधवार राजदेवी नगरपालिका स्थित रहेका राजदेवी मन्दिर प्राङ्गनमा आयोजित एक कार्यक्रमका बीच नगर प्रमुख यादव तथा प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले संयुक्त रुपमा सो सामाग्रीहरु हस्तानतरण गरेका हुन् ।

बिधालय उमेर समुहका बालबालिकाहरुलाई विधालय शिक्षा प्रति जागरुक बनाउन तथा बिधालयमा टिकाई राख्न यस्ता सहयोगहरु महत्वपूर्ण हुने नगर प्रमुख यादवको भनाई रहेको छ । साथै छात्र र छात्राहरुलाई शिक्षामा सजिलो सरलताका लागि समय समयमा विद्यार्थी र शिक्षक बिच सकुसल सम्बन्ध रहि रहोस् भनेर कामना समेत गरेका हुन् ।

विद्यालय प्रति बालबालिकाहरुलाई आकर्षित गर्ने र बढी भन्दा बढी विद्यार्थीहरुलाई विद्यालयमा उपस्थित गराउने उदेश्यले उक्त स्कुल पोसाक र ब्याग वितरण गरेको नगर प्रमुख यादबले बताएका छन । राजदेवी नगरपालिकाका प्रमुख प्रसाशकीय अधिकृत प्रलव कायस्थले पोशाक बितरण कार्यक्रममा नगरपालिकालाई एक नमुना नगरपालिकाको साथ् साथै शिक्षित नगरपालिका बनाउने उदेश्य अनुसार हाम्रो बिशेष प्राथमिकता शिक्षा रहेको र बिद्यार्थीहरुलाई शिक्षा क्षेत्रमा हामि सधै भरपूर्ण मदत गर्ने प्रतिबध्ता समेत गरेका छन ।