आज साउनको पहिलो सोमबार

110

रौतहट । साउनको पहिलो सोमबार आज शिव मन्दिरहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।
गौर नगरपालिका वार्ड न २ महादेवपट्टी,बसतपुर, शिवनगर,मौलापुरमा रहेको भगवान शिवको मन्दिरमा बिहानदेखि भक्तजनको भिड लागेको छ ।
साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो ।

शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई अटल सौभाग्य प्राप्त हुने धार्मिक विश्वास छ ।

साउन महिनामै देशका विभिन्न शिवालयहरुमा दर्शन गर्न बोलबम यात्रा गरिन्छ । बोलबममा खाली खुट्टा हिडेर बागमतिको पवित्र जल शिवालयमा ल्याएर चढाउने गरिन्छ ।

साउन महिनामा हिन्दु धर्माबलम्वी महिलाहरुले सुख शान्ति र समृद्धीको प्रतिक हरियो बस्त्र र चुरा पोतेमा सजिएर ब्रत बस्दै भगवान शिवको आराधना गर्दछन् ।