जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिका अहिले तनावग्रस्त बनेको छ । विभिन्न माग राखी नगरपालिका कार्यालय चढाई गरेका सर्वसाधारणहरुले अवस्था तनावग्रस्त बनाएको हो ।
विभिन्न माग राखेर नगर प्रमुख दिनेश प्रसाद यादवसहित वर्तमान जनप्रतिनीधिहरुको विरुद्ध नाराबाजी गर्दै नगरपालिका चढाई गरेको हो । विभिन्न वडाबाट शहिदनगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष उमेश कुमार निरालाको अगुवाईमा सयौँको सँख्यामा गएका सर्वसाधारणहरुले नगरपालिकामा चढाई गरेको हो ।
अहिले शहिदनगर नगरपालिका कार्यालय अगाडी भारी सँख्यामा प्रहरी परिचालन गरिएको हो भने सर्वसाधारणहरु टायर बालेर प्रदर्शन सुरु गरेको हो ।