गौर नगरपालिकामा झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा

160

रौतहट// रौतहटको गौर नगरपालिकामा मधेश प्रदेशकै दोश्रो लामो झोलुङ्गे पुल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।गौर नगरपालिकाको वडा नं २ महादेवपट्टीमा लालबकैया नदीमा बनेको झोलुङ्गे पुल समथर मधेशमा सबै भन्दा दोश्रो लामो झोलुङ्गे पुलको रूपमा रहेको स्थानीयहरुले जिकिर गर्नु भयो ।

गौर नगरपालिका र ईशनाथ नगरपालिकालाई जोड्ने यो पुलको निर्माणले इशनाथ नगरपालिका तर्फका बन्जाराह ,औरैयाका नागरिकलाई सदरमुकाम सम्मको पहुचलाई नजिक बनाईदिने उद्देश्यले पुलको लम्बाई २ सय ६३ मिटर रहेको छ । उक्त पुल निर्माणका लागि विसं २०७९ चैत २०गतेमा रु ४ करोड ६३ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

यो झोलुङ्गे पुलको ०७९ फाल्गुन २८ गते नगरप्रमुख साहले शिलान्यास गरेका थिए ।इलम हेल्भेटासको आर्थिक सहयोगमा निर्माण भइरहेको झोलुङ्गे पुल बैशाख ७ गते नेपालका पूर्व प्रधानमंत्री माधव कुमार नेपाल र गौर नगरपालिकाका प्रमुख शम्भु साहद्वारा पुल उद्धाटन गर्ने तयारी भइरहेको नगर प्रमुख शम्भु साहले बताए ।

पुल बनेपछि एक घण्टाको बाटो पाँच मिनेटमा पुग्ने साथै गौर नगरपालिका र इशनाथ नगरपालिकामा उत्पादन हुने तरकारी ,दूध बजारीकरण गर्न , किसानको कृषि उपजले सलुभ रुपमा सदरमुकामको बजार सम्म आफनो पहुच बनाउन र पैदलमार्ग हुँदै गौर बजारमा आवतजावत गर्ने सर्वसाधारणका लागि सहज हुने गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।

किसानलाई ढुवानीको लागत कम हुदा बचत बढी हुन सक्छ । त्यस्तै पुल पर्यटककालागि पनि गन्तब्यको केन्द्र बन्न सक्छ । पर्यटकहरुको गन्तब्य केन्द्र बनाउन सक्दा स्थानीय उत्पादनले त्यही बजार पाउने रोजगारीमा समेत बृद्धि हुने अपेक्षा राखिएको स्थानीयले बताए ।