गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

341

रौतहट ३० चैत । रौतहटको गरुडा नगरपालिकामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएकोे छ । नगरपालिकाको आयोजनामा बिहिवार श्री नमूना माध्यमिक बिधालयको प्राङ्गणमा कार्यक्रम भएको थियो ।सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिकाबाट सञ्चालित विकास कार्यक्रम, उपलब्ध सेवा, वस्तु र सुविधा सार्वजनिक गरी सेवाग्राही नागरिकले उठाएका प्रश्नहरुमा प्रस्टता ल्याउन र नागरिकबाट प्राप्त रचनात्मक सुझावहरुलाई ग्रहण गर्दै जिम्मेवार संस्कार बसाई आम नागरिकको चासो सरोकार तथा विकास निर्माण योजना र समस्याको समाधान गरी सेवाग्राहीका रुपमा आएका सर्वसाधारण प्रति सेवा प्रदायक निकायबाट भए गरेका क्रियाकलाप, उपभोक्ता समिति गठन प्रक्रिया, योजना सञ्चालन, पारदर्शिताको स्थानीय निकायमा सार्वजनिक सुनुवाइ कार्यविधि बमोजिम आम सर्वसाधारणहरुमा जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको थियो ।

गरुडा नगरपालिकाको नगरप्रमुख कन्थमनी प्रसाद जयसवालको सभापतित्वमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख जयसवालले भने`बिकास गर्नु अगाडि नै भ्रष्टाचारीको सँग्या दियो। यहाँका बिपक्षी नेताहरुले जुनसुकै कार्यगर्न खोज्दा बाधा अवरोध पुर्याउनमा कुनै कसर बाकी न राखेको उनले भने` नगरको समग्र विकास निर्माण कार्यमा आफुहरु निरन्तर लागेको उनले बताए ।सार्वजनिक सुनुवाइ कार्यक्रम मार्फत गरुडामा बर्थिङ्ग सेन्टर नगरपालिकामा १५ दिनभित्रमा बारुणयन्त्र खरिद,आगामी साउनदेखि नपा कार्यालय भवनको सिलान्यास बैल बजारमा हुने, नगरपालिकाको वडा नं-५ शिवनगरमा थप दस शैयाको अस्पताल निर्माण कार्य तथा शिवनगरमै शिवमन्दिरको छेउमा नुहाएपछि लुगा बदल्ने बास स्थान र सौचालयको लागी बीस लाख रकम छुट्टाएको र बैशाख पछि चाडै निर्माण प्रक्रिया अगाडि बढाउने मेयर जयसवालले बताए । शिवनगर धार्मिक ठाँउ भएपनि शिवमन्दिर र आसपासमा कुनै विकास नभएको दुखेसो पोखे ।

नगरपालिकाका जिन्सी शाखा कर्मचारी रामानन्द सहनीले कार्यक्रम सञ्चालन गरेका थिए । उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा विशेष गरि नगरवासीहरुले वाटोघाटो ,नाला सरसफाइ बत्ती जडान वाईफाई जडान विधुत, खानेपानी, भवन निर्माण ,इन्धन खर्च लगायतको समस्याको वारेमा सार्वजनिक सुनुवाईमा जानकारी गराउदै प्रश्नको माध्यमवाट समस्याको उपाय खोदै जिज्ञासा तथा सुझाव समेत राखेका थिए ।कार्यक्रममा नगरको विविध समस्या तथा सावधानका उपाय बारेमा विचार विमर्श समेत गरिएको थियो । कार्यक्रममा नगर प्रमुख कन्थमनी प्रसाद जयसवालले कार्यक्रममा उठेका सवालमाथि जवाफ दिदैँ समयमानै मुस्कानसहितको सेवा दिने प्रतिबद्धता जनाएका थिए ।

सो कार्यक्रममा:- नगर उद्योग बाणिज्य संघ गरुडाको अध्यक्ष हरेन्द्र चौधरी,सुनचाँदी व्यावसायी महासंघ मधेस प्रदेश अध्यक्ष रामजी साह,वडा नम्बर १का वडा अध्यक्ष,शेख वहाब, २ का वडा अध्यक्ष कृष्णन्दन सहनी, वडा नम्बर ३ का वडा अध्यक्ष अम्बिका सहनी,५ नम्बरका वडा अध्यक्ष रामबिनोद साह,६ नम्बर का वडा अध्यक्ष रामबाबु चौधरी, स्वास्थ्य संयोजक सुरेन्द्र साह नमूना माविका प्रअ प्रभु राउत लगायत नगरवासी ,समाजसेवी शिक्षासेवी, पत्रकार, महिला, दलित, आदीवासी जनजाती ,मधेसी, पिछडा वर्ग,जेष्ठ नागरिक समाज , सर्वसाधारण समेतको उपस्थिति रहेका थियो ।