देवाही गोनाहि नपाबाट किसानलाई कृषि सामाग्री वितरण

646

रौतहट : रौतहटमा पानी नपर्दा किसानहरु दुखी भएको छ तर कृषि उत्पादन बढाउन रौतहटको देवाही गोनाही नगरपालिकाले किसानहरूलाई कृषि सामग्री पानी तान्ने मोटर ,स्प्रे टंकी जिन्क मल्ल वितरण गरेको छ। नगरभित्र रहेका व्यावसायिक किसानलाई आधुनिक कृषि सामग्री वितरण गरिएको हो।शनिबार प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनाअन्तर्गत तरकारीको साना ब्यवसायिक कृषि उत्पादन केन्द्र पकेट बिकास कार्यक्रम अन्तर्गत देवाहिगोनाही नगरपालिकाको सहयोग तथा राम सखी कृषक समूह देवाही गोनाही नगरपालिका -७ उचिडिह को आयोजनामा पचास थान पानी तान्ने मोटर सय थान स्प्रे ट्यान्की पाँच क्युन्ट्ल जिन्क मल्ल खाद्य वितरण गरेको हो।सामाग्री बितरण गर्दै नगर प्रमुख प्रेमलाल साहले
आधुनिक प्रविधिको प्रयोगले किसानहरूलाई खेतीपाती गर्न सहज हुने र उत्पादन पनि बढ्ने भएकाले सामग्री वितरण गरिएको नगरप्रमुख प्रेमलाल साहले बताए। साहले किसानले उत्पादन बढाएमा नगर आत्मनिर्भर हुन सक्ने भएकाले कृषिलाई प्राथमिकता दिएको स्पष्ट पारे। कृषि क्षेत्र मल बीउबिजन सिँचाइ लगायत समस्याप्रति आफू जानकार रहेको भन्दै समाधानका लागि निरन्तर लागिपरेको बताए।
कार्यक्रममा उपप्रमुख प्रनिया देवी पटेलले कृषिमा आधुनिकीकरण आवश्यक रहेको बताइन्। नगरले वितरण गरेको उक्त सामग्री प्रयोगबाट कृषि उत्पादन बढ्ने अपेक्षा गरिन्। ‘प्रत्येक वर्ष कृषि क्षेत्रमा प्रयोग हुने सामग्री वितरण गरेका छौँ’, पटेलले भनिन्,।
कृषकको २५, ५० प्रतिशत र २० प्रतिशत लगानीमा उक्त सामग्री वितरण गरिएको आयोजक संस्था का अध्यक्ष रामएकवाल सिह पटेल ले बताए। किसानहरूलाई सुख्खा खडेरी बाट र अकाशे खेतीबाट बाच्न उद्देश्यले उक्त सामाग्री बितरण गरिएको आयोजक संस्थाका संस्थापक अध्यक्ष रुपेश पटेलले बताए।रामसखी कृषक समुह उचिडिहको अध्यक्ष रामएकवाल सिंहको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन संस्थाको संस्थापक अध्यक्ष रुपेश पटेलले गरेका बितरण कार्यक्रममा देवाही गोनाही नगरपालिका वडा न.३का वडा अध्यक्ष सन्जय पटेल ,वडा न. ६ का वडा अध्यक्ष बिष्णु दास, वडा न.७ का वडा अध्यक्ष उपेन्द्र यादव वडा न.८ का वडा अध्यक्ष बिजय पटेल स्वास्थय संयोजक नागेन्द्र महतो,कृषि तथा पशु संयोजक रामबिनय बैठा, समाजसेवि भरत पटेल , स्थानीय भद्रभलादमी सञ्चारकर्मी बुद्धिजीवी , किसानहरुको उपस्थिति रहेको थियो ।