रौतहट । विद्यार्थी जागरण मंच (विजाम) द्वारा आयोजित लागु औषध तथा एच आइभि एडस बारे “Joint Monitoring Visit” कार्यक्रम बिहीबार रौतहटको गौरस्थित इसी कार्यालयमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि स्वास्थ्य कार्यालय रौतहटका निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश सिंह रहनु भएको थियो। कार्यक्रमको अध्यक्षता बिरेन्द्र खतिवडाले गर्नुभयो।
यस कार्यक्रममा समुदायका विभिन्न सदस्यहरू, प्रहरी कार्यालयका प्रतिनिधि, र वडा सचिव चन्दा कुमारी साह सहभागी भएका थिए। लागु औषध, एच आइभि एडस,हैपटाइसी सी,एसटीआइ आदि स्थानीय विकास कार्यहरूको अनुगमन गर्नु रहेको थियो।
कार्यक्रममा सहभागीहरूले आफ्नो धारणा प्रस्तुत गर्दै स्थानीय स्तरमा देखिएका समस्या समाधानका लागि सामूहिक पहलको आवश्यकता रहेको उल्लेख गरेका थिए। साथै, विभिन्न सरकारी निकाय र समुदायबीच सहकार्यलाई थप प्रभावकारी बनाउन सुझाव पनि राखिएको थियो।
यस प्रकारका कार्यक्रमले स्थानीय समस्या समाधानमा ठोस योगदान पुर्याउने अपेक्षा आयोजकले व्यक्त गरेका छन्।
कार्यक्रममा सुनिल पण्डित,शैलेन्द्र साह, संचारकर्मी दिलिप पाण्डे, वडा प्रतिनिधिसमेत उपस्थिति रहेकोे थियो ।