इशनाथ नगरपालिकामा एम्बुलेन्स सन्चालनमा

295

रौतहट । रौतहटको इशनाथ नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्।
नगरपालिकाका मेयर कौशल्या देवी सिन्हाको बिशेष पहलमा नगरपालिकाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो ।

स्थानीय तह निर्वाचनका बेला नगरको पहिलो काम सुलभ स्वास्थ्य सेवा पु¥याउन नगरबासीका लागि एम्बुलेन्स ल्याउने सपना पुरा भएको नगर प्रमुख सिन्हाले बताए । उनले भने, ‘निर्वाचनका बेला एम्बुलेन्स सञ्चालनमा ल्याउने सपना अन्ततः पुरा भएको छ, हामीले आफ्नै लगानीमा किन्ने एम्बुलेन्स किनेको हो ।
एम्बुलेन्स सञ्चालनले नगरक्षेत्रका सर्वसाधरण नागरिक, वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, दुर्घटनामा परेर घाइते भएकाहरु र आपत विपतमा परेकाहरुलाई स्वास्थ्य सेवा सहज बनाउन सहयोग पुग्ने मेयर सिन्हाले बताएका छन । निर्वाचित भएको बेला पदभार गरेको बेला आफुले पहिलो निर्णयबाट एम्बुलेन्स खरिद गर्ने पहिलो प्राथमिकता राखेर पद ग्रहण गरेको थिए । ईशनाथ नगरपालिका प्रमुख प्रशासकीय अधिकृत भुदेव झाले भन्छ सम्पूर्ण कर्मचारीहरु लगायत दिनरात जनताको सुविधा दिने कार्यमा ब्यस्त रहेको बताए ।