नेपालमा कोरोनाबाट २ जनाको मुत्यु

1425

काठमाडौं , जेठ ४ । विश्वलाई रुवाईरहेको कोरोनाको महामारीले नेपालमा पनि ह्वात्तै गाँज्ने संकेत देखाएको छ । शनिबार एक महिलाको कोरोनाका कारण निधन भएसँगै फेरी आज अर्का एक जनाको मृत्यु भएको छ । बाँकेका २५ वर्षीय युवाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले आइतबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् । यसअघि हिजो सिन्धुपाञ्चोककी २९ वर्षीया महिलाको मृत्यु कोभिड– १९ बाट भएको हो । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले मृतकको कोभिड –१९संँग सम्बन्धित थप परीक्षणपछि कोरोना भाइरसबाट मृत्यु भएको पुष्टी गरेका थिए । यो समाचार तयार पार्दासम्म नेपालमा २९१ संक्रमित रहेका छन् ३६ जना उपचार पछि निको भई घर फर्केका छन् ।