बौधिमाई नगरपालिकामा एम्बुलेन्स सन्चालनमा

343

रौतहट । छिमेकी मुलुक भारतको सहयोग स्वरुप नेपाल सरकारलाई हस्तान्तरण गरेको ३४ वटा एम्बुलेन्समध्ये रौतहटको बौधिमाई नगरपालिकाले पनि एम्बुलेन्स पाएको हो । रौतहटको बौधिमाई नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । नगरबासी नागरिकहरुका लागि सहज स्वास्थ्य सेवा पुर्याउने लक्ष्यले एम्बुलेन्स सञ्चालनमा ल्याएका छन्।
नगरपालिकाका मेयर प्रदिप कुमार यादवको पहलमा नगरपापिलकाका लागि एम्बुलेन्स सञ्चालनमा ल्याईएको हो ।

स्थानीय तह निर्वाचनका बेला नगरको पहिलो काम सुलभ स्वास्थ्य सेवा पु¥याउन नगरबासीका लागि एम्बुलेन्स ल्याउने सपना पुरा भएको नगर प्रमुख यादवले बताए । उनले भने, ‘निर्वाचनका बेला एम्बुलेन्स सञ्चालनमा ल्याउने सपना अन्ततः पुरा भएको छ, खासमा हामीले आफ्नै लगानीमा किन्ने सोचेको भएपनि हाम्रो पहलमा सरकारबाटै एम्बुलेन्स प्राप्त गर्न सफल भयौँँ । एम्बुलेन्स खरिदमा हुने खर्च बजेट विकास निर्माणमा लगाउछौँ ।’

एम्बुलेन्स सञ्चालनले नगरक्षेत्रका सर्वसाधरण नागरिक, क वर्गका अपाङ्गहरु, गर्भवती तथा सुत्केरी महिलाहरु, दुर्घटनामा परेर घाइते भएकाहरु र आपत विपतमा परेकाहरुलाई स्वास्थ्य सेवा सहज बनाउन सहयोग पुग्ने मेयर यादवले बताए ।