विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास

274

रौतहट ।। बाढी र डुवानको सधै जोखिममा रहने जिल्ला रौतहटमा आज सम्भावित विपद जोखिम नियन्त्रणका लागि कृतिम घटनाको अभ्यास गरिएको छ ।
जिल्लाको लालबकैया नदिमा सोमबार विपद् घटना भएको परिकल्पना गरी जोखिम न्युनिकरणका लागि कृतिम घटना अभ्यास प्रदर्शन गरिएको छ ।
जिल्लाको सुरक्षा निकायले कटहरिया नगरपालिका ४ हर्षाहा स्थित लालबकैया नदिमा बाढी, डुवानमा परेका व्यक्तिलाई कसरी उद्धार गर्ने भन्ने त्यसको कृतिम अभ्यास गरेका छन् ।
सोमबार जिल्लाको कटहरिया नगरपालिका वडा नं. ४ स्थित लालबकैया नदीमा नेपाली सेना, बिपुल ईन निड रौतहटका दिपेन्द्र ठाकुरको संयुक्त समन्वयमा विपद व्यवस्थापन सम्बन्धि संयुक्त अभ्यास कार्यक्रम सम्पन्न भएको हो ।
वर्षातको समयमा हुन सक्ने बाढी, डुवान लगायत बाढी र डुवान मार्फत हराएका व्यक्तिहरुको कसरी सकुश्ल उद्धार गर्ने विपदको समयमा हुन सक्ने जोखिम तथा क्षतिलाई न्यूनिकरण कसरी गर्ने भन्ने उद्देश्यका साथ नदिमा त्यसको अभ्यास गरिएको छ ।
अभ्यासको क्रममा नदिमा केही व्यक्ति डुबेर गुहार मागिरहेका थिए । त्यसपछि डुंगाको माध्यम र पौडी खेलेर प्रहरीले डुबिरहेका व्यक्तिलाई सकुश्ल उद्धार गरेका थिए ।
विपुल ईन निड रौतहटका दिपेन्द्र ठाकु र अन्य सरोकारवाला निकायसँग मिलेर यो अभ्यास सञ्चालन गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रूपमा अभ्यास गरेर देखाएका थिए ।
विपद्को दृष्टिकोणले महत्वपूर्ण र संवेदनशील देखिएका स्थानहरूमा वर्षायाममा हुनसक्ने पबाढी र डुवानबारे खबर संकलन गरी अभ्यास सञ्चालन गर्ने र परेको समयमा प्रभावकारी रूपमा परिचालित भइ धनजनको क्षति न्यूनीकरण गर्नका लागि अभ्यास सञ्चालन गरिएको छ ।
कार्यक्रममा बाढीसम्बन्धी जानकारी दिनुका साथै पहिरोमा परि साधारण घाइते भएका व्यक्तिलाई डुंगा, डोरी, जुमर, क्याराबिनर र ल्याडरको सहायताले उद्धार गरी सुरक्षित स्थानमा लैजाने कार्य गरिएको थियो ।
यसैगरी बाढीमा हराएका व्यक्तिको खोजतलास तथा शवलाई डुंगा, डोरी, जुमर र स्टे«चरको सहायताले सुरक्षित स्थानमा लगिने अभ्यास गरिएको थियो ।
सम्भावित विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन गर्न विपद सम्बन्धी सचेतना अभिवृद्धिका लागि सुरक्षा निकाय र सरोकारवाला निकायद्धारा स्थानीयलाई पनि राखेर कृतिम घटना अभ्यास र तालिम कार्यक्रम देखाइएको बताइएको छ ।
कटहरिया नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राप्रकाश साहले कार्यक्रममा स्वागत मन्तव्य दिएका छन ।
कटहरिया नगरपालिकाको उप मेयर रिता देवी यादवको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको छ ।
सो कार्यक्रमको प्रमुख अथिति जिल्ला समन्वय समितिको सभापति रामअयोध्या यादव रहनु भएको थियो ।
नगरपालिकाका वडा अध्यक्षहरु, वडा सदस्य, नगरपालिकाको कार्मचारी, राष्ट्रिय विपद् ब्यवस्थापन प्रधिकरणका उप सचिव राजेन्द्र शर्मा, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत निरज श्रीवास्तव, लगाएत सर्वसाधारण समेतको उपस्थितीमा विपद व्यवस्थापन अन्तर्गत बिपदको समयमा खोजी तथा उद्धार कार्यको संयुक्त अभ्यास कार्यक्रम प्रदर्शनी गरिएको थियो ।
वर्खा सुरु भएसँगै जिल्लामा बाढीको घटना हुने गरेको छ । जसले गर्दा बर्सेनि जनधनको ठूलो क्षति गर्ने गरेको छ