रौतहट,२१ चैत । राैतहट जिल्ला अन्तर्गत रहेका इशनाथ नगरपालिकाले बिश्यब्यापी रूपमा फैलि रहेकाे काेराेना भाइरस संक्रमणका संकास्पदहरुका लागि निर्माण गरेकाे क्वारेन्टाइनकाे अनुगमन निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले गरेकाे छ ।
नेपाल/भारत तथा बिभिन्न ठाउँबाट आएका ४० जना नागरिकको अनुगमन गर्दै निमित्त प्रमुख प्रशासकीय नन्दकिशोर गुप्ताले कोरना भाइरसले विश्वभर महामारीको रुपमा सताइरहेकाले यसको रोकथामका लागि आफै सजग हुनु उत्तम उपाय रहेको बताउनुभयो ।
उहाँले १४ दिन सम्म क्वारेन्टाइनमा सजग भएर एक अर्का संग नछोइकन बस्ने, सरसफाईमा ध्यान दिन र भाइरस सङ्क्रमण फैलन नदिन सजगता अपनाउन आग्रह गर्नुभयो ।
स्वास्थ्य संयोजक इसराजुल खा, सहसंयोजक शशिविन्द प्रसाद पटेल तथा स्वास्थ्यकर्मी रामान्द साहले क्वारेन्टाइनमा राखेका नागरिकको अवस्था सामान्य रहेको बताउँदै उनीहरुलाई कोरना भाइरसबारे बच्ने उपायका सन्दर्भका सचेत गराउनुभएको छ ।
ईशनाथ नगरपालिका वडा नं.३ का वडाध्यक्ष रामकैलाश राउतले ४० जनालाई क्वारेन्टाइनमा ल्याएर राखिएको र उनीहरुको लागि खाना र खाजाको प्रबन्ध नगरपालिकाकाले गरेको बताउनुभयो ।