हातहतियार सहित रौतहटबाट दुई जना पक्राउ

469

रौतहट । रौतहटको मौलापुर आइटी चौक बाट हातहतियार सहित दुई जना पक्राउ भएको छ् । आइतबार ईलाका प्रहरी कार्यालय मौलापुर रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट मौलापुर न.पा.वडा नं.५ स्थित आईटी चौकमा बिभिन्न सवारी साधन तथा पैदल यात्रुहरु समेतको चेकजाँच गर्ने क्रममा बिरगंज तर्फबाट आउँदै गरेको UP57F-3238 नं.को खरानी रंगको हिरो होण्डा स्पलेन्डर मो.सा.रोकी चेकजाँच गर्दा मो.सा.को सिट मुनि लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल १ थान, 7.62 MBO EO OFV लेखिएको गोली १ राउण्ड समेत फेला परेका छन् । पक्राउ पर्नेहरूमा हातहतियार सहित जिल्ला सर्लाही मंलगवा न.पा.वडा नं.७ बस्ने बर्ष ४५ को मो.सा.चालक उमेश राय र पछाडी सवार ऐ.ऐ.बस्ने बर्ष ६५ को मोहन राय समेतलाई नियन्त्रणमा लिईएका छन् । घटना बारे आवश्यक अनुसन्धानको लागी दुबै जनालाई सम्मानित गौर जिल्ला अदालतबाट हातहतियार तथा खरखजाना सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ् ।