पार्टी विभाजनविरुद्ध सर्वोच्च पुगे उपेन्द्र यादव

91

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले गैरकानुनी रूपमा पार्टी फुटाइएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन्

आफूहरूबाट फुटेर गएकालाई कानुनविपरीत दर्ता गरी पार्टीको मान्यता प्रदान गरिदिएको भन्दै यादवले रिटमा निर्वाचन आयोग र पार्टी छोडेर जाने सांसदलाई विपक्षी बनाएका छन्।

यादवले सोमबार रिट दर्ता गरेका हुन्। रिटको पेसी २ जेठमा तोकिएको छ। यादव पुष्पकमल दाहाल‘प्रचण्ड’नेतृत्व सरकारबाट पनि बाहिरिइसकेका छन्।

अशोक राई पक्षको जसपा सरकारमा जाने तयारीमा छ।

अशोक राई पक्षले वैशाख १३ गते जसपा विभाजन गरेको थियो। प्रतिनिधि सभामा जसपाबाट उपस्थित १२ सांसदमध्ये राईको पक्षमा ७ र यादवको पक्षमा ५ जना सांसद विभाजित भएका छन्।