अर्थमन्त्री यादव सहभागी कार्यक्रममा स्थानीयद्वारा दर्जनौं कुर्मी तोडफोड,

255

रौतहट, २१ फाल्गुन ।

रौतहटमा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा तोडफोड भएको छ । यमुनामाई गाउँपालिका वडा नम्बर १ जेठरहियामा आयोजित होली मिलन तथा सांस्कृतिक कार्यक्रममा प्रिती पासवानको प्रस्तुतीका क्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् ।

यमुनामाई गाउँपालिकाका अध्यक्ष शेख मोहम्मद इर्शादको अध्यक्षतामा भएको कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवलाई प्रमुख अतिथीको रुपमा आमन्त्रित गरेपनि उनी आउन असमर्थ भएपछि अर्थमन्त्री सञ्जय कुमार यादव उपस्थित थिए ।

प्रमुख अतिथी मधेश प्रदेशका अर्थ मन्त्री सरोज कुमार यादवले कार्यक्रमको सम्बोधन गर्ने क्रममा दर्शकहरुले कुर्सी तोडफोड गरेका हुन् । अश्लिल गीत र अंग प्रदर्शन गर्ने खालका पोसाक लगाएर नृत्य गर्न खोजेको भन्दै दर्शकहरुले तोडफोड गरेको प्रत्यक्षदर्शीले बताएका छन् । सोही क्रममा प्रहरीले लाठी चार्जसमेत गरेको छ । लाठी चार्जका क्रममा २ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।