पत्रकार महासंघद्धारा आयोजित होली मिलनमा रमाए रौतहटको पत्रकार

328

रौतहट, २२ फागुन । संचारकर्मीहरु, स्थानीय तहका निर्वाचित जनप्रतिनिधि र राष्ट्र सेवक कर्मचारीहरु होली खेली औपचारीक रुपमा होली मिलन समारोहमा शुभकामना एक आपसमा साटासाट गरे । नेपाल पत्रकार महासंघ रौतहट शाखाद्धारा गौर नगरपालिकाको सभाकक्षमा सोमवार आयोजित होली मिलन समारोहमा होली पर्वको शुभकामना साटासाट गरेर मनाएका हुन् ।

होली मिलन समारोहलाई सम्बोधन गर्दै गौर नगरप्रमुख शम्भु साहले अन्यायी एवं आतातायी शक्तिहरुको केन्द्रविन्दु रहेका राक्षस हिरणकष्यपुको आतंकबाट आतंकीत बनेका जनताहरुलाई छुटकारा दिलाउन भक्त प्रलादले विरोधका आवाज बुलन्द गरेका थिए तर हिरणकष्यपुले मार्ने योजना बनाए अनुसार आफना बहिनी होलीलाई मार्ने जिम्मेवारी दिए, होलीकाले बालक प्रलादलाई आगोमा राखेर बसिन तर भक्त प्रलाद बाच्न सफल भए होलीको अन्त्य भयो त्यही दिन देखि होलीका दहन र होली पर्व मनाउने गरेको बताए ।

त्यसी गरी नगरलाई सुखी र समृद्ध बनाउन सबै पक्ष मिलेर विकास निर्माणको कार्यमा अघि बढे गौर नमूना नगरको रुपमा विकसित हुने बताए । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार झाले होली पर्व मनाउन राज्यद्धारा प्रदत गरेको अधिकारको प्रयोग गरी मनाउन आग्रह गर्दै सामान्य, सभ्य, भव्य, एवं विना भडकिलो रुपमा मनाउन अपिल गरे ।

अरुलाई कुनै नोक्सानी नपुर्याएर यस पर्वको आनन्द उठाउन समेत जिल्लाबासी संग आग्रह गरे । नेपाल पत्रकार महासंघका सभापति प्रेमचन्द्र झाको सभापतित्वमा सम्पन्न होली मिलन समारोहमा नेकपा एसका रेबन्त झा, लोसपाका अनिलकुमार सिंह, नागरिक समाजका जगन्नाथ केसरी, उद्योग वाणिज्य संघका अध्यक्ष पंडित जयसवाल र संचारकर्मी प्रभातकुमार झाले होलीलाई सभ्य एवं भव्य बनाउन संयमित हुनुपर्ने बताए ।