मैले गौरमा इदगाह र कब्रीस्तान पनि बनाएको छु:- नगरप्रमुख अजय गुप्ता

830

रौतहट । मिसन फर वेटर लाइफको आयोजनामा मुस्लिम बालबालिकाहरुको सहभागी गराई हाजिरी जवाफ( इल्मी व दिनी) प्रतियोगिता गौर नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । गौर नगर भरिका विभिन्न मदरसाका बालबालिकाहरुलाई सहभागी गराई कुरान मोसिविका, सरिम क्युज, नात मे, नेपाली भाषण गरि चार कार्यक्रम गरिएका थिए । कुरान मेसिविकामा जामिया अरेबिया मदरसा गौर ३ का साहिसता प्रवीण, सरिक क्युजमा मदरसा गौर ३ कै रुमाना खातुन, नात मे गौर ३ कै सकिना खातुन र नेपाली भाषणमा महद दारुलकुरानका अलताफ हुसैन पहिलो भएका थिए ।

उक्त मदरसाका विजेता विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगरप्रमुख अजय गुप्ताले पुरस्कार वितरण गर्नुको साथै उज्ज्वल भविष्यको कामना थियो । साथै मदरसामा नेपाली भाषाको पढाईको लागि एक मदरसामा गौर नगरपालिकाले एक शिक्षक भर्ना गर्ने प्रतिबद्धता समेत गरे । मदरसाका बहु प्रतिभावान विद्यार्थी भाइबहिनीहरु अझ अगाडि प्रगति गरोस् जसले गर्दा नगरको नाम होस देशभरी चिनियोस र यस्तो कार्यक्रम आयोजना गर्ने मिसन फर वेटर लाइफको अध्यक्ष अफताब आलम र सदाम हुसैनलाई विषेश धन्यवाद दिएका हुन ।

कार्यक्रमको विशिष्ट अतिथिमा मौलाना मोलिरहमतुल्लाह, अतिथिमा वडा नं.१ का वडा अध्यक्ष भरत साह, वडा नं.३ का वडा अध्यक्ष श्यामसुन्दर पटेल, वडा नं.६ का वडा अध्यक्ष शेख जमसैद, वडा नं.७ का वडा अध्यक्ष मजहर खान, वडा नं. ८ का वडा अध्यक्ष जनार्धन साह र नेता औजेर आलम सहित संचारकर्मी, मुस्लिम समुदायका अगुवाहरु लगायत सयौंको संख्यामा दर्शकहरुको उपस्थिति रहेको थियो । कार्यक्रम संयोजकको रुपमा सदाम हुसैन र कार्यक्रम उदघोषकको रुपमा जुल कर्नेलले निर्वाह गर्नु भएको थियो ।