काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । आज बिहान बसेको निगम सञ्चालक समिति बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल र मट्टीतेलमा २९ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ र डिजेल र मट्टीतेलको मूल्य १६३ रुपैयाँ भएको छ । सरकारले लिँदै आएको कर कटौती गरेर मूल्य घटाएको हो । यसअघि, पेट्रोलको मूल्य प्रतिलिटर १९९ र डिजेल र मट्टीतेलको मूल्य १९२ थियो । सरकारले घटाएको मूल्य आज राति १२ बजेदेखि लागु हुनेछ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गर्दै पेट्रोलियम पदार्थको मूल्य घटाउन सरकारलाई निर्देशन दिने निर्णय गरेको थियो ।