पूर्वमन्त्री तथा सांसद आलमको बयान बुधबार पनि सकेन

1902

रौतहट । पूर्वमन्त्री तथा सांसद मोहम्मद अफताव आलमको बयान बुधबार (आज) पनि सकिएको छैन ।
राजपर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा लगाएको आरोपमा पक्राउ परेका मो. अफ्ताव आलमको बयान आज बुधबार सकिएको छैन । भोलि बिहीबार पुनः बयान लिइने अदालतले जनाएको छ ।

सरकारी वकिलको कार्यालयले मुद्दा दर्ताको दोस्रो दिन जिल्ला अदालत रौतहटमा बयान सुरु भएको थियो । जिल्ला अदालत रौतहटको चार नम्बर इजलासमा आलमको आजको बयान सकिएको छ ।

न्यायाधीश दिपक ढकालको इजलाशमा आलमलाई मिसिल अनुसार प्रश्न सोध्ने र त्यसको जवाफ लिने कार्य भएको सरकारी वकिल खडिन्द्रराज कटुवालले बताए ।
केही घन्टासम्म चलेको बयानका क्रममा न्यायाधीश दीपक ढकालले सांसद आलम संग ३४ वटा प्रश्न गरेका थिए ।