मनसुन भित्रिएको २२ औँ दिन आज, ठूलो पानी पर्ने अनुमान

390

काठमाडौं। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज (आइतबार) पनि ठूलो पानी पर्ने प्रक्षेपण गरेको छ । नेपालमा मनसुन भित्रिएको २२ औँ दिनमा अर्थात् आइतबार धेरै स्थानमा फैलिसकेको छ। मौसमविद् हिरा भट्टराईका अनुसार गण्डकी, लुम्बिनी र कर्णालीका केही क्षेत्रमा ठूलो पानी पर्न सक्छ।

त्यसबाहेक देशभर पहाडी भेगका धेरै क्षेत्रमा वर्षाका आकलन गरिएको छ । सुदूरपश्चिममा भने मनसुनी वायु सक्रिय भइसकेको छैन ।
तर, आइतबार राति भने त्यहाँ पनि ठूलो वर्षाको आकलन महाशाखाले गरेको छ । ‘मनसुन सक्रिय बनेको छ, पश्चिमी र स्थानीय वायु कमजोर बनेका छन् ।
नेपालमा मनसुन भित्रिएको २०औँ दिनमा अर्थात् शुक्रबार कर्णालीसम्म फैलिसकेको छ। पूर्व र मध्य नेपालमा केन्द्रित रहेको मनसुनी वायु शुक्रबार लुम्बिनी र कर्णालीमा पुगेको तथा प्रदेश १ मा २२ जेठमा मनसुन भित्रिए पनि मधेस, बागमती र गण्डकीमा २६ जेठमा मात्र पुगेको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति १३ जुन हो।