गौर नगरपालिकाको १२ औं नगर सभा भव्यताका साथ सम्पन्न

283

रौतहट, १० असार । रौतहटको गौर नगरपालिकामा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिदै सम्भावित योजनाहरुलाई पारित गरिएका छन् ।

स्थानीय तह शासन व्यवस्था अनुसार अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु असार १० गते भित्र प्रस्तुत गरेर पारित गरिसक्नुपर्ने कानुनी प्रावधान अनुसार गौर नगरपालिकाद्धारा आईतवार आयोजित १२ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएका हुन् ।

नगरअधिवेशनमा आर्थिक बर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौर नगरप्रमुख शम्भु साहले गौर नगरबासीलाई विकासको पूर्वाधर, सामाजिक सुधार, विद्यालयलाई डिजिटिलाइजेशन एवं युवा वेरोजगारहरुलाई रोजगारी प्रवद्र्धन गर्ने योजनाहरु संचालनमा ल्याउने छ ।

सोही योजना अन्तर्गत ३६ महिने आईटी कोर्ष, सामुदायिक विद्यालयहरुमा इ हाजिरी, लोकेशन ट्रैप र लग बुक सिस्टम राखि शिक्षकहरुलाई सक्रिय पूर्वक खटाइने, फोहर व्यवस्थापनको साथै जथाभावि फोहर गर्नेलाई कारवाही, घुम्ती शौचालय परिचालन, सार्वजनिक शौचालयको निर्माण लेदो तथा फहोर व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने अभियान संचालनमा ल्याउने ।

मधेश आन्दोलन लगायत विभिन्न काल खण्डमा देशका लागि शहिद हुनु भएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा मधेश स्तम्भ (सहिद स्मारक पार्क) को निर्माण गरिने छ । चक्रपथको निर्माण, गौर ७ सिसवामा प्रवेशद्धार निर्माण, इलेक्ट्रिक विल्डिंग परमिट सिस्टम लागु गर्ने, अगामी आर्थिक बर्ष भित्र प्रदेश सरकारको सहयोग र गौर नगरपाकिलाको सहकार्यमा गौर राइस मिल्सको मैदानलाई अधिग्रहण गरी खेल मैदानमा रुपान्तरित गर्ने नगरप्रमुख साहले नीति कार्यक्रम प्रस्तुत गरे ।

यस्तै बरहवा ताल/शिवालय ताल/अदालत पोखरीको सौन्दर्यीकरण जीप लाइन/स्काई साईक्लिंग/बंजी जम्प/मोटर बोटिंग/पिकनिक स्पाँट लगायतका क्रियाकलाप विस्तार गरेर पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन गर्ने नगरपालिका नीति लिएर अघि बढिरहेको नगरप्रमुख शम्भु साहले रचनात्मक रुपमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।

सोही अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता  अर्जुन सिहले आर्थिक वर्ष  २०८०/०८१ को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गरेका थिए । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि  प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए ।  अधिवेशनमा फरक दलको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।

१२ औं नगर अधिवेशनमा मधेश प्रदेशमा गौर नगर उत्कृष्ट नगरपालिका बनाउने कार्यमा रचनात्मक भूमिका निर्वाह गरेका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, लेखापरीक्षण अधिकारी सरोज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीलाई प्रमुख अतिथि तथा नकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको गौर नगरपालिकाको कार्यालयले जनाएको छ ।

१२ औं नगर अधिवेशनमा उल्लेख संख्यामा नगरवासी, समाजसेवी, बुद्धिजिवी, संचारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरले जानकारी दिए ।