राजपुरलाई जनताको सेवक चाहिन्छ, २ महिना देखि घुम्न आएको टुरिस्ट होईनः जैद राजा

544

रौतहट २३ बैशाख ।
रौतहट जिल्लाको राजपुर नगरपालिकामा जसपा पार्टिबाट मेयर पदका उम्मेदवारले जैद राजाले गर्भवती तथा सुत्केरी महिलाहरुका लागी आर्कषक योजना सार्वजनिक गरेका छन् । आफु निर्वाचित भए सो पालिका अन्र्तगतका महिलाहरुका लागी गर्भावस्थामा ५ लाखको बिमा योजना सार्वजनिक गरेका छन् । त्यस्तै जैद आलमले सुत्केरी महिलाहरुको हकमा सुत्केरी पश्चात प्रदान हुने भत्तालाई ५ हजारका दरले प्रदान गरिने बताएका छन् । २० वर्ष देखि नेपाली कांग्रेसले कब्जा जमाएको सो क्षेत्रका जनता राम्रो जनप्रतिनिधिको पर्खाईमा रहेकोले परिर्वतन बिना राजपुर नगरपालिकाको विकास सम्भव नरहेको जैदले बताए । विपक्षी दलका उम्मेदवारहरु द्धारा जारी गरिएको घोषणा पत्रमा कुनै नौलो वा जनताको लागी स्थानिय सरकारको भुमिका झल्किने योजना नरेको भन्दै सो पत्रहरु जनतालाई भ्रमित बनाउने खोखलापत्र रहेको टिप्पणी गरे । आफु ८ वर्ष देखि सो क्षेत्रमा रहेर जनताको सुखदुखमा काम गर्दै आएकोले जनता बिच लोकप्रिय रहेको उनको दाबी रहेको छ । बैशाख ३० गते हुने निर्वाचनले जनताको हक अधिकार र समृद्धिका मुद्धाहरु सम्बोधन हुने भएको हुँदा टुरिस्ट उम्मेदवारलाई स्थानियले नरुचाउने स्थानियले बताउदै आएका छन् ।