दुर्गा भगवतीका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ

114

रौतहट । दुर्गा भगवती गाउँपालिकाका निर्वाचित जनप्रतिनिधिहरुले सोमबार शपथ लिएका छन् ।

दुर्गा भगवती गाउँपालिकाका नवनिर्वाचित गाउँपालिका अध्यक्ष शम्भु कुमार सिंहले नवनिर्वाचित उपाध्यक्ष, वडा अध्यक्ष तथा वडा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् ।

दुर्गा भगवती गाउँपालिका स्थित श्री सरसवती माध्यमिक विधालयको सभाकक्षमा निर्वाचित जनप्रतिनिधिहरुलाई ईश्वर, देश र जनताको नाउँमा शपथ खुवाइएको गाउँपालिका अध्यक्ष सिंहले बताए ।