हावाहुरीका कारण रौतहटमा १ जना , धनुषामा २ जनाको मृत्यु

487
फाइल फोटो

रौतहट : हावाहुरीका कारण मधेस प्रदेशमा तीन जनाको ज्यान गएको छ । हावाहुरीले रुख ढल्दा धनुषामा दुई विद्यार्थी र घर ढल्दा रौतहटमा एक महिलाको ज्यान गएको प्रहरीले जनाएको छ ।धनुषाको सबैला नगरपालिका १२ फकिरचन्द उच्च माध्यमिक विद्यालयको प्राङ्गणमा रहेको रुख ढल्दा आठ वर्षीया प्रतिमाकुमारी सदा र सात वर्षीय अरबन्दी सदाको ज्यान गएको प्रहरीले जनाएको छ । हावाहुरीले रुख ढल्दा दुवै जनाको ज्यान गएको हो ।यस्तै रौतहटको बौधीमाई नगरपालिका १ मा इँटाको घर ढल्दा ४५ वर्षीया फुलमती देवीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।