सामाजिक सुधारको लागि निरन्तर अभियान चलाउदै अब्दुल

795

रौतहट ।। अब्दुल सलाम गुजारा नगरपालिका वार्ड नम्बर ४ कनकपुरका स्थायी बासिन्दा हुन् l एक सामान्य परिवारमा जन्मेका अब्दुलको परिचय भन्ने फेरिएको छ l अहिले उनि सामाजिक अभियानमा जुटे संगै उनलाई कतिपयले नेता को रुपमा समेत सम्बोधन गर्छन l अब्दुल भन्ने आफुलाई अधिकारकर्मीको रुपमा चिनाउन चाहन्छ l अब्दुल अहिले गाउमा बाल बिबाह बिरुद्धको अभियानमा जुटेका छन् l उनि आफु संगै बाल क्लबका अन्य सदस्यहरुलाई लिएर नियमित रुपमै बाल बिबाह तथा बाल श्रम लगायतका मुद्धा बिरुद्ध अभियान थालेका हुन् l
अब्दुल केहि दिन पहिले मात्रै गुजारा नगरपालिकामा आयोजित बाल बिबाह बिरुद्धको प्रतिवद्धता सभामा सहभागी भएको स्मरण गर्छन l उनले सो सभामा आफुले नगरपालिकाको कतिपय नीतिगत तथा ब्यबहारिक पक्षहरुमा सुधार आवस्यक रहेको बताएको बताए l ” मैले सामाजिक चुनौतिको बिषयमा कुरा गर्दा पालिकाहरुलाई पनि जिम्मेवारी लिनु पर्ने हुन्छ l मैले पटक पटक यो बिषयमा कुराहरु उठाउदै आएको छु l नगरपालिकाका जिम्मेवार पदाधिकारीहरुलाई पनि ब्यबहार सुधार आवस्यक देखिन्छ l मैले त्यहि कुराहरु उठाउदै आएको छु l टोल स्तरमा जनचेतनाका कुराहरु गर्ने र जिम्मेवार निकायहरुलाई अझै जिम्मेवार बनाउदै जानुनै समस्या समाधानको उपाय हो l मैले त्यहि हिसाबले काम गर्दै छु ” उनले बताए l
अब्दुल निरन्तर बाल अधिकारका लागि अवाज उठाउदै आएका हुन् l अब्दुलको प्रारम्भिक शिक्षा मदरशा ( इस्लामिक धार्मिक शिक्षा लिने ठाउ) बाट भएको हो l आधारभूत सम्मका शिक्षा मदर्शाबाट गरेका अब्दुल भन्ने धार्मिक भन्दा सामाजिक क्षेत्रमा लाग्न चाहेका थिए l उनि बताउछन ” बुबाले म लाई उच्च स्तरका धार्मिक शिक्षा संगै मौलाना बनाउन चाहनुहुन्थ्यो l तर म बाल्यकाल देखिने सामाजिक अभियानहरुमा सरिक भैराख्थे l मैले धार्मिक शिक्षा संगै बिधालय शिक्षा पनि लिदै गरे l म बिभिन्न सामाजिक संस्थाहरु संग जुड्दै गए l म नगर स्तरिय बाल क्लबका अध्यक्षको रुपमा पनि चुनिए l यसले मेरो जिम्मेवारी झन् बढेको महसुस भयो l म बिधालयमा बाल कल्याण अको लागि सदैव संघर्ष गरि रहे l ” l अहिले अब्दुल नगर स्तरमा हुने हरेक कार्यक्रममा सहभागी हुन्छ l उनले आफु सहभागी हुने प्रत्येक कार्यक्रममा बाल श्रम तथा बाल बिबाह र छुवाछुतका मुद्धा उठाउछन l उनि बिधालय बाहिर रहेका बालिकाहरुलाई पनि पुनः बिधालयमा भर्ना गराउन पनि अभियान थाल्नु भएको हो l उनको भनाइ अनुसार गाउमा जागरुकता बढे संगै बाल बिबाहका घटनाहरु केहि घटे पनि बाल श्रमका मुद्धाहरु भन्ने यथावत रहेको छ l
उनले आफुले अचेल बालिका शिक्षाको लागि पनि निरन्तर काम गर्दै आएको बताउदै मदरसा शिक्षा छोडेका किशोरीहरुलाई मुलधारको बिधालयमा भर्ना गर्ने काम पनि सहज नरहेको बताउछन । “परम्परा र रुढिवादी समाजमा बालिकालाई बिधालय पढ्न सहज हुदैन , अझै किशोरावस्थामा पुगेकी किशोरीहरुलाई बिधालयमा पढाउन झनै असहज हुन्छ । तर पनि मैले त्यस्ता किशोरीहरुको लागि बिधालय पढाउने अभियान थालेका हु” उनले बताए । उनले आफ्नो पहलमा हालै मात्रै सो टोलका ७ जना किशोरीलाई बिधालय भर्ना गराएको बताए ।
अब्दुल सलाम बाल क्लब संग आवद्ध भएपछी उनको कयौ ब्यबहारहरु बदलिएको उनि बताउछन । “ बाल क्लबको गठन र त्यस यता बिभिन्न तालिमहरुमा उनको सहभागिता पछि हाल उनि बिधालयमा पनि बाल बिबाहको बिरुद्धमा अभियानहरु संचालन गर्छन । बिधालय संग संगै उनि गाउमा पनि जनचेतना मुलक अभियानहरु थाल्नु हुन्छ । उनि गाउमा महिला ,पुरुष तथा युवाहरुलाई समेत बाल बिबाह तथा लैंगिक समानताको महत्वा बारे जानकारी गराउने गरेको स्थानिय खुश्बु गुप्ताले बताए । अब्दुलले आफुले बाल क्लबको प्रतिनिधिको हैसियतमा बिभिन्न तालिममा सहभागी हुदै आर्जित गरेको शिप र ज्ञानको भरपुर प्रयोग गरिरहेको बताए । “बाल क्लबको अध्यक्षको हैसियतमा म बाल बिबाह, लैंगिकता ,हिंशा भए सो को कानुनि उपचार र सम्प्रेसण प्रणालि सम्बन्धमा बिभिन्न तालिम तथा गोष्ठीहरुमा सहभागी भएको छु । त्याहाबाट प्राप्त ज्ञान तथा शिपको प्रयोगले गाउमा अभियानहरु संचालन गर्दै आएको छु” । उनले भने । यसरि अब्दुल ले संचालन गरेको सामाजिक अभियानहरुले उनलाई सामाजिक अभियन्ताको रुपमा स्थापित गरेको छ ।