रौतहट, २ पुष । भारतबाट नेपाल तर्फ आउदै गरेको क्रमममा स्रोत नखुलेको साढै चार लाख नेपाली रुपैयाँसहित १ जना भारतीय नागरिक रौतहट प्रहरीले पक्राउ गरेका छ ।
गौर न.पा.वडा नं. १ भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी चेकिङ टोलीले सवारी साधन तथा पैदल यात्रुहरु समेतलाई चेक जाँच गर्ने क्रममा एक भारतीय नागरिक पक्राउ परेको छ । भारतको बैरगनियाबाट गौर तर्फ आउदै गरेको बि.आर. ३० आ. २६५७ नम्बरको मोटरसाईकललाई चेक जाँच गर्दा सोही मोटरसाईकलको एयर फिल्टर भित्र लुकाई राखेको अवस्थामा कुनै श्रोत्र नखुलेको अबैध नेपाली नगद रु ४,५०,०००।– चार लाख पच्चास हजार फेला परेको छ ।
मोटरसाईकल र सवारी चालक भारत बिहार राज्य जिल्ला सितामढी बैरगिनिया बस्ने सिकिन्दर पासवानको छोरा अन्दाजी बर्ष १९ को बिकाश कुमार पासवानलाई अबैध रकम सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरी निरीक्षक दिनेश कुवरले बताएका छन ।