करीब १२० बिधार्थीलाई निशुल्क पढाउदै आएका शिक्षक सन्तोष यादव भविष्यमा अझै व्यस्त हुन् चाहन्छ
धर्मेन्द्र कुमार साह
नेपाल पत्रकार महासंघ रौतहटको कार्यालय भवनको पश्चीम तिर रहेको एउटा साँघुरो गलीमा बिहान बेलुका बिधार्थीहरुको घुइचो लागेको हुन्छ l बिहान ४ बजे देखि नै सुरु हुने बिधार्थिहरुको आवागमन बिहानको ९ बजे सम्म चल्छ अनि बेलुकाको ४ बजे देखि रातीको ९ बजे सम्म पनि भिडभाडनै हुन्छ l गल्लिकै छेउमा रहेको सटर लागेको एक घर भित्र विधार्थीलाई पढाउन व्यस्त हुन्छन शिक्षक सन्तोष यादव l
सन्तोष यादवको दैनिकी आम नेपालि भन्दा भिन्न छ l उनि सनिवार र केहि चाडपर्व बाहेक प्रत्येक बिहान साढे ३ बजे नै जागी सकेको हुन्छ l किन भन्ने उनको दैनिकी काम बिहान को ४ बजे नै सुरु गर्नु पर्ने हुन्छ l उनि सदरमुकाममा ट्युसन तथा बिभिन्न बिधालयहरुमा बिज्ञान पढाउने शिक्षक हुन् l बिहान ४ बजे देखि अध्यापन सुरु गर्ने सन्तोष राति ९ बजे सम्म व्यस्त हुन्छ l सिरहा जिल्लाको मिर्चैया वार्ड नम्बर ६ का स्थायीवासी सन्तोष यादव करिब ८ बर्ष देखि रौतहटको सदरमुकाम गौरमा बिधार्थिहरुलाई ट्युसन तथा बिभिन्न निजि बिधालयहरुमा अध्यापन गराउदै आएको छ l शिक्षक सन्तोष यादव भन्छन ” अंग्रेजी बिषयको शिक्षक बन्ने रहर थियो तर बिभिन्न परिस्थितिले बिज्ञान बिषयको शिक्षक बने l अब यहि पेशालाईनै अगाडि बढाउदै छु l ” उनको गौर आउने कथा पनि रोचक छ l बिक्रम संवत २०७० मा अन्तरजातीय बिबाह गरेर काठमाण्डौ गई लुकेका उनि सुरक्षित ठाउको खोजि गर्दै गौर आएको र यहिनै सक्रिय शिक्षणमा लागेको बताउछन l उनि गरुडा घर भएका एक जना साथीले काठमाण्डौमा गौर बस्न सुझाव दिएकोले गौर आएको बताए l अहिले सन्तोष ले संचालन गरेको ट्युसन सेन्टरमा बिभिन्न उमेर समुहका गरि करिब ६०४ जना बिधार्थी अध्यनरत रहेको छ l सो बिधार्थिहरुमा पनि शिक्षक सन्तोषले बिभिन्न क्याटोगोरि बनाई करिब १२५ जना बिधार्थीलाई पूर्ण वा आंशिक सहुलियत दिएको बताउछन l उनले अति बिपन्न र जेहन्दार बिधार्थीहरुलाई अवस्था हेरी पुर्ण निशुल्क वा आंशिक छुट दिएको बताउछन l उनले केहि बिपन्न तर जेहनदार बिधार्थिहरुलाई अरु ठाउमा लागेको उसको पढाईको खर्च समेत दिदै आएको बताउछन l अहिले उनि गौरको सबै भन्दा चर्चित शिक्षकको रुपमा रहेको छ l एम ए सम्मको अध्यन गरेका उनि आफ्नो जीवन भन्ने निकै उतार चढाव सहित अगाडि बढेको बताउछन l उनले सुरुमा गौरको बसाई निकै कष्टपूर्ण रहेको स्मरण गर्छन l उनि गौरमा आउदा निकै असुरक्षित महसुस गरेर सिमावर्ती सहर बैरगीनियामा पनि कोठा भाडामा लिएको र सुरुवाती दिनहरुमा गौरमा केहि समय मात्रै बिधालयहरुमा अध्यापन गराएको बताउछन l ” दिनमा केहि समय पढाउने र बाकि समय क्रिकेट खेल्ने गर्थे, बिस्तारै घटनाहरु फेरिदै गयो र आफुलाई अति व्यस्त बनाए l व्यस्त भएपछी आफ्नो जीवन यापन पनि सहज भएको छ ” उनले बताए l उनले सुरुमा आफुलाई राख्न समेत नमानेका केहि निजि बिधालयहरुमा अहिले भन्ने मांग बढेकोमा खिसी व्यक्त गर्छन l उनले सरकारी जागिरको लागि पनि तिन चोटि प्रयास गर्दा पनि अन्तर्वार्ता सम्म पुगेर छनौट नभएको बताउदै अबको बाटो गौरमा निशुल्क र गुणस्तरीय शिक्षाको लागि प्रयास गर्ने बताए l उनले केहि बर्ष पछि गौरमा सबै बर्गका बिधार्थीहरुले पढ्ने गरि आधुनिक र गुणस्तरीय ट्युसन केन्द्र खोल्ने प्रयास गरेको र सो लागि पूर्वाधार लगायतका कामहरु सुरु गरेको बताए l