ईशनाथमा ५ वटा विद्यालयको अनुगमन

224

रौतहट । रौतहटको इशनाथ नगरपालिकामा नगर भित्रका विद्यालयहरुको स्थलगत अनुगमन गरेको छ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमन अभियान सुरु गरेको हो ।

नगरपालिकाको शिक्षा संयोजक नन्दकिशोर गुप्ताको अनुसार जनता माध्यमिक बिधालय डुमरिया ,माध्यमिक बिधालय जटहरा लक्ष्मीनिया ,शंकर प्रा.बि. लक्ष्मीनिया, महेन्द्र राय यादब प्रा.बि. लवतना र शंकर प्रा.बि. औरैयामा अनुगमन गरेका छन । विद्यालयको भौतिक अवस्था, जनशक्ति व्यवस्थापन, पठनपाठन, विद्यार्थीको उपस्थिति लगायत अन्य समस्याको पहिचान गर्न बारे अनुगमन गरिएको छ ।

अनुगमन अभियानले नगरभित्रका विद्यालय मध्ये हालसम्म ५ वटा विद्यालयको स्थलगत अनुगमन गरेको छ । बाँकी बिद्यलायको अनुगमन पनि जारी रहेको संयोजक गुप्ताको भनाई रहेको छ ।

नगरपालिका भित्रका विद्यालयहरूको गुणस्तरिय शिक्षा अध्ययन अध्यापनका लागि विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक र विद्यार्थीको भुमिका बढि हुने जानकारी दिए् ।

अनुगमनका क्रममा विद्यालयहरूको भौतिक अवस्था, आर्थिक पारदर्शिता, शिक्षण सिकाइको अवस्था, लगायत विषयमा जानकारी लिइने गरेको संयोजक गुप्ताले बताएका छन ।

विद्यालय प्राङ्गणभित्र सरसफाइका सवालमा विद्यालयले सुधार गर्नुपर्ने बताए । विद्यालय भर्ना भएर विद्यालय नियमित नआउने विद्यार्थीहरुलाई नियमित गर्नका लागि बिद्यालय ब्यबस्थापन समिति र अभिभावकहरु बिच अन्तत्र्रिmया तथा सचेतनामूलक सन्देश प्रवाह गरी उनीहरुका समस्याहरुलाई बुझेर बिद्यालय नियमित गराउनु पर्ने आवश्यक देखिएको संयोजक गुप्ताले बताए ।