जिल्ला स्तरिय मानव अधिकार अनुगमन समिति संयोजकमा प्रेमचन्द्र झा

641

गाैर ।जिल्ला मानव अधिकार अनुगमन समितिको संयोजक मा नेपाल पत्रकार महासंघ रौतहटका अध्यक्ष प्रेमचन्द्र झालाई सर्वसहमत चयन गरेको छ। राष्ट्रिय मानव अधिकार आयोग प्रदेश-२को कार्यालय जनकपुरधामका मानव अधिकार अधिकृत मनमाया राणा मगरको विशेष उपस्थितिमा वसेको बैठकले साे निर्णय गरेकोे हाे ।नवगठित ७ सदसिय
समितिमा नेपाल वार एसोसियसन का अध्यक्ष राजाराम यादव गैर सरकारी सस्था महासंधका अध्यक्ष रामपुकार यादव ,राैतहट उधोग वाणिज्य संधका अध्यक्ष पण्डित प्रसाद जयसवाल , ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विन्दा साहनी र मानव सेवा केन्द्र गाैरका प्रतिनिधि निलु झा चयन हुनु भएकोछ।