११ जना पत्रकारलाई ‘हेटौंडा जर्नालिजम अवार्ड’

1458

हेटौंडा–न्यू मिडिया एकेडेमी प्रालिले दोस्रो हेटौंडा जर्नालिजम अवार्ड–२०७६ प्रदान गरेको छ । शनिबार हेटौंडामा आयोजित विशेष समारोहकाबीच विभिन्न बिधामा ११ जना पत्रकारलाई नगदसहितको अवार्ड प्रदान गरेको हो ।

उत्कृष्ट सम्पादक वर्ष अवार्डमा साझाकुरा दैनिकका पूर्वसम्पादक सुवास बिडारी घोषित भए भने प्रदेश सञ्चार डटकमका सम्पादक एवम् कारोबार दैनिकका संवाददाता केशव समर्पणले उत्कृष्ट आर्थिक पत्रकारिता वर्ष अवार्ड हात पारे । त्यसैगरी साझाकुरा दैनिक एवम् रेडियो थाहा सञ्चारमा कार्यरत श्रीजना नेपालले नव उदयीमान पत्रकारिता वर्ष अवार्ड हात पारिन् ।

खेलकुद पत्रकारिता वर्ष अवार्ड —२०७६ एभिन्युज टेलिभजनका राजन दाहालले हात पारे भने उत्कृष्ट चलचित्र पत्रकारिता वर्ष अवार्ड —२०७६ अशोक सुजन श्रेष्ठलाई प्रदान गरियो । अन्नपूर्ण मिडिया नेटवर्कका कृष्ण सारु मगर सर्वोत्कृष्ट खोज पत्रकार घोषित हुँदै अवार्ड हात पारे । प्रष्ट खबर डटकमका सुनिल शिवाकोटीले सर्वोत्कृष्ट अनलाईन पत्रकारिता वर्ष अवार्ड—२०७६ प्राप्त गरे । उत्कृष्ट प्रस्तोता वर्ष अवार्ड —२०७६ मा रेडियो थाहा सञ्चारका दर्शन क्षेत्री घोषित भए । उत्कृष्ट सामाजिक पत्रकारिता वर्ष अवार्ड—२०७६ प्रदेश दैनिकका सम्पादक गणेश अधिकारीले हात पारे ।

उत्कृष्ट पुरुष पत्रकार वर्ष अवार्ड —२०७६ कान्तिपुर दैनिकका बालकृष्ण अधिकारीले हात पारे भने उत्कृष्ट महिला पत्रकार वर्ष अवार्ड —२०७६ टिम टेलिभिजनकी पत्रकार नानीमाया सापकोटाले जितिन् । ११ विधामा वर्ष ०७५ मा लेखिएको समाचारको आधारमा मकवानपुरका सञ्चारकर्मीहरु मध्येबाट सर्वोत्ृकष्ट छनौट गरिएको हो । सार्वेत्कृष्ट महिला र पुरुष पत्रकारलाई नगद १० हजारसहित अवार्ड प्रदान गरिएको थियो भने अन्य विधामा सर्वोत्कृष्ट हुनेलाई नगद ५ हजारसहित अवार्ड दिइएको थियो ।

प्रालिका अध्यक्ष एवम् अवार्ड कार्यक्रमका संयोजक मणिराज गौतमको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा चर्चित लोक गायक प्रकाश सपुतले आफ्नो सांगीतिक प्रस्तुतीमार्फत दर्शलाई मनोरञ्जन दिलाएका थिए । चर्चित गीत ‘गलबन्दी’लाई उनले दुईपटकसम्म दोहो¥याएर गाउँदा पनि दर्शकले भोक मेटाएनन् । उनले आफ्नो दोहोरी ब्याटल पनि सुनाएका थिए । कार्यक्रमकैबीच नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष कौशल पाण्डे, नवराज शर्मा, प्रताप विष्ट, राममणि दाहाल, भानुभक्त आचार्य र महेन्द्र श्रेष्ठलाई सम्मान गरिएको थियो ।