महिलालाई आत्मनिर्भर बनाउन सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने आजको आवश्यकता – नगर उप प्रमुख किरण ठाकुर

1170

रौतहट २४ फागुन ।
“महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार” भन्ने मूल नाराका साथ १११ औं अन्तर्राष्ट्रिय नारी दिवस गौर नगरपालिका र जिल्ला प्रशासन कार्यालयको आयोजना तथा, ग्रामिण विकास केन्द्र, अभियान नेपाल, नेपाल रेडक्रस सोसाइटी, यूएनफपीए, तथा मानव सेवा केन्द्र रौतहटको सहकार्यमा गौरको ब्यारेक फिल्डमा मनाइयो हो ।

गौरको ब्यारेक मैदानमा आयोजित कार्यक्रममा गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुरले नारी सशक्तिकरणमा जोड दिएकी थिइन । महिलाहरुलाई आत्मनिर्भर बनाउन विभिन्न तालिम तथा कार्यक्रमहरुको आवश्यक्ता रहेको उनले बताइन ।

कार्यक्रमको अध्यक्षतामा गौर नगरपालिकाको उप मेयर किरण ठाकुर, प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी श्री इन्द्रदेव यादव, बिशिस्ट अतिथि सशस्त्र प्रहरी सुर्य सेन ओली, नेपाली सेनाका प्रमुख, नेपाल प्रहरीका डिसपी भरत श्रेष्ठ, उद्योग बाणिज्य संघ अध्यक्ष पंडित जयसवाल, जसपाका केन्द्रिय सदस्य अनिल सिंह, नागरिक समाजका अगुवा, जेष्ठ नागरिक संघका अगुवा , अस्पताल व्यवस्थापन समिती अध्यक्ष शेख जमशैद, गौर जिल्ला अस्पतालका ईन्चार्ज कृष्ण साह, तथा जिल्ला अस्पताल व्यवस्थापन समितीका सदस्य ओम प्रकाश साह, प्रत्येक वडाका वडा अध्यक्षहरु, समाजसेवी चिरञ्जीवी सिंह, विवेक यादव, त्रिभुवन ओझा, जुमाविको प्रधानाध्यापक तथा सम्पूर्ण विधालयका प्रधानाध्यापक, शिक्षक शिक्षिका, छात्रछात्राहरु, संचारकर्मी, सुरक्षाकर्मी लगायत हजारौको संख्यामा महिला दिदीबहिनीहरुको उपस्थिती रहेको थियो ।

नगरका विभिन्न गैर आवसिय, सरकारी विधालयका छात्रछात्राहरु विभिन्न संदेश मुलक नाटक तथा साँस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रम संचालकको रुपमा रौतहट जिल्ला लगायत प्रदेश २ कै चिरपरिचित नेक महम्मदले संचालन गर्नु भएको थियो ।