रौतहट ।। रौतहट सहित मध्य तराईमा जाडो ह्वातै बढेको छ । बिहानबाट बढेको जाडोका कारण रौतहटको जनजिवन प्रभावित भएको छ । बिहानै देखीको बाक्लो हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या भएको छ । जाडोका कारण जिल्लाका प्रमुख ब्यापारीक बजारमा चहल पहल कम भएको छ । जाडोले बिपन्न परिवार मारमा परेकाछन् ।
हुस्सु र शितलहरीका कारण मारमा परेका सर्बसाधारणका लागि बिभिन्न गैरसरकारी संस्थासंग समन्वय गरेर न्यानो कपडा बितरण गर्ने तयारीमा जुटेको रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएकाछन् । जाडो बढेपछि डिभिजन वन कार्यालयसंग समन्वय गरेर जिल्लाका चोक ,बजार तथा सर्बसाधारण भिडभाड रहने स्थानमा दाउरा बाल्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी यादवले जानकारी दिएकाछन् ।
जिल्लाका स्थानीय तहसंग समन्वय गरेर गरिव तथा बिपन्नका लागि न्यानो कपडा तथा जाडो बाट बचाउने लत्ता कपडाको जोहोमा आफुहरु जुटेको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।