रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाले आज नगरभरीको हजारौ घरधुरीलाई विजुलीको लाखौ महसुल तिरेर एतिहासिक काम गरेको छ ।
जिल्लाको पच्छमी भेग स्थित रहेको फतुवा विजयपुर नगरपालिकाले आज नगर भरीका ८ हजार ६ सय घरधुरीलाई ३९ लाख विजुलीको महसुल तिरिदिएको छ ।
नेपाली कांग्रेसबाट फतुवा विजयपुर नगरपालिकाको मेयरमा निर्वाचित गोपाल प्रसाद यादवले आफना सम्पुर्ण नगरवासीको तिन महिनाको ३९ लाख विजुली महसुल तिरेका हुन ।
नगरपालिकाले गत २०७७ असोजदेखी नै नगरवासीको लागि विजुली महसुल निशुल्क गरेको छ ।
गत असोज १ गतेदेखी आजसम्मको जम्मा तिन महिनाको गरी उक्त विजुली महसुल नेपाल विधुत प्राधिकरण मौलापुर वितरण केन्द्रका प्रमुख शक्तिसाहलाई बुझाएको नगर प्रमुख गोपाल यादव बताएका छन ।
रौतहट जिल्लामै पहिलो पटक फतुवा विजयपुर नगरपालिकाले आफना नगरवासीको विजुली महसुल निशुल्क गरेको हो ।
जिल्लामा अहिलेसम्म कुनै पनि स्थानीय तहले जनताको विजुली विल निशुल्क गर्न नसकेको आवस्थामा फतुवा विजयपुर नगरपालिकाले जनताको विजुली विल निशुल्क गरेको हो ।
गत असोजमा सम्पन्न भएको नगरसभाबाट नै फतुवा विजयपुर नगरपालिकाले २०७७ असोज १ गतेदेखी नगर भित्रका सबैको विजुली महसुल तिरिदिने योजना ल्याएको थियोे ।
सोही योजना अनुसार आज सबैघरधुरीको विजुली महसुल तिरिदिएको नगरप्रमुख यादवले बताए ।
पैसाको अभावमा गरिव परिवारहरुलाई विजुलीको महसुल बुझाउन निकै समस्या हुँदै आएकोले आफुले नगरवासीको लागि विजुलीबत्ति निशुल्क गरेको मेयर गोपाल यादवले बताए ।
पदमा आफु रहुन्जेलसम्म नगरका कसैलाई पनि विजुली विल बुझाउन नपर्ने र नगरवासीले उपभोग गर्ने विजुलीको महसुल आफु तिर्ने मेयर यादवले बताए । अबको प्रत्येक महिनाको अन्तिम हप्ता विजुली महसुल बुझाइदिने मेयर यादवले बताए ।
नगरपालिकाले एकैचोटी तिन महिनाको विजुली महसुल तिरेपछि मेयर गोपाल यादवको यो कार्य निकै सराहनीय रहेको भन्दै नगरवासीले उनलाई खुलेरै प्रसंशा गर्न थालेका छन ।
त्यस्तै नगरपालिकाले जनताको विजुली विल निशुल्क गरेपछि फतुवा विजयपुर नगरवासी निकै खुसी भएका छन ।