सुचनाकाे हककाे लागि राष्ट्रिय संजालकाे जिल्ला संयाेजकमा साह र सचिबमा झा चयन

1915

दिलिप पाण्डे रौतहट १२ मंसिर। सूचनाको हकका लागि राष्ट्रिय सञ्जाल नेपाल प्रदेश नं.२ को प्रदेश कार्यसमितिको निणर्य अनुसार एक जना प्रदेश सदस्य लगायत रौतहट जिल्लामा संयोजक, स संयोजक गरि एकजना सचिवमा सर्वसममतिले द्धारा कार्यभार दिएको छ।

सञ्जालको रौतहट जिल्ला कार्यसमिति तथा प्रदेश सदस्यमा प्रवीण कुमार शर्मा जिल्ला संयोजक धर्मेन्द्र साह स- संयोजक सुश्री अर्पण झा र सचिवमा चन्चल कुमार झा छनौट गरिएको RTI का प्रदेश नं २ का संयोजक सन्तोष पाण्डेले बताएका छन।

भ्रष्टाचार न्यूनिकरण गर्नकालागि सूचनाको हक प्रयोग गरि आमनागरिकको हकमा कामगर्ने र समाजमा सुचनाको हक सम्बन्धि जनचेतनाको कार्यक्रम गर्ने उदेश्यले

नेपालको अन्तरिम संविधान २०६३ को धारा २७ ले प्रत्येक नागरिकलाई आफ्नवा सार्वजनिकसरोकारको कुनै पनि विषयको सूचना माग्ने वा पाउने हक हुनेछ भनी सूचनाको हकलाई मौलिक हककोरूपमा व्यबस्था गरी नागरिक हकको प्रत्याभूति गरेको छ।

सूचनाको हकसम्बन्धी ऐनले सरकारका काम खुला र पारदर्शी बनाउने, सरकारी तथा र्सार्वजनिकनिकायहरुलाई नागरिक प्रति जवाफदेही बनाउने, सार्वजनिक निकायमा रहेका सार्वजनिक महत्वकासूचनामा आम नागरिकको पहुँच सजिलो सँग पुर्याउने, नागरिको सुसूचित हुने हक लागू र संरक्षण गर्नेतथा राज्य र नागरिकको हितमा प्रतिकूल असर पार्ने सूचनाको संरक्षण गर्ने उद्देश्य लिएको व्यहोराविदितै छ ।

सोही उद्देश्य प्राप्त गर्न २०६५ जेष्ठ २४ गते राष्ट्रिय सूचना आयोगको गठन भएको हो सूचनाको हकको प्रवर्द्धनका लागि तथा नागरिकमा यो हक सम्बन्धी बढी जानकारी पुर्याउने तथानागरिकले सूचनाको हकको बढी प्रयोग गरी सार्वजनिक निकायका काम कारवाहीबाट बढी लाभ लिनसक्षम हुन सकून् भनी विभिन्न जिल्लाहरूमा कार्यभार तथा बिस्तार हुदै छ।

राष्ट्रिय सूचना आयोगले सूचनाको हकको प्रचलन गर्न, गराउन खेलेको भूमिकाप्रति नेपाल सरकार एवंप्रबुद्ध नागरिक, सार्वजनिक निकाय, संचार तथा प्रेस जगत, पत्रकार मित्रहरु, नेपाल पत्रकार महासंघ,नेपाल बार एसोसिएशन लगायतका संस्थाहरुबाट प्राप्त सकारात्मक सहयोगको लागि हार्दिक कृतज्ञताव्यक्त गर्दै भविष्यमा अझ बढी सहयोग प्राप्त हुने छ भन्ने अपेक्षा गर्दै छौ।