गौर बैरगनिया भन्सारमा कडा प्रदर्शन

2460

रौतहट ।। लामो समय देखी बन्द रहेको नेपाल भारत सिमा खुलाउन नेपाली जनताहरुले विहिवार गौर भन्सारमा गएर कडा प्रदर्शन गरेका छन् ।
बन्द रहेको नाका खुलाउन स्थानिय जनप्रतिनिधि तथा विभिन्न राजनितिक दलका प्रतिनिधिका साथै स्थानियहरुले प्रदर्शन गरेका छन् ।
नेपाल भारत सिमा नाका मध्ये रौतहट जिल्लाको गौर बैरगनिया नाका आज २ बजे सम्म खोल्ने नेता रेवन्त झा , अनिल सिंह लगायत आम जनताले चेतावनी समेत दिएका छन् ।
कोरोना संक्रमणको जोखिमका कारण चैतदेखी नाका बन्द भएपछि स्थानीयहरु किनमेल गर्न भारततिर जना सकेका छैन् ।
रौतहटको मुख्य नाका गौर भन्सार बन्द भए पनि पूर्व तर्फको लक्ष्मीपुर बेलबिछवा र पश्चीममा महादेवपट्टी बाट भने स्थानियको आवागमन सूचारु रहेको छ । मुख्य नाका बन्द हुदा स्थानिय जोखिमपूर्ण रुपमा नेपाल भारतमा आवागन गर्न बाध्य रहेका छन । तिहार र छठ पर्व नजिकिदै गर्दा बैकल्पीक बाटो प्रयोग गरेर भारतीय बजारमा किनमेलका लागी जानेहरु सुरक्षाकर्मीबाट पीडित बन्न थालेका छन ।