रौतहट २५ कात्तिक ।। नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति तथा सांसद कृष्णा यादवले नेपाली कांग्रेसद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम भब्य रूपमा सम्पन्न भएको छ।
शुभ दिपावली तथा छठ पर्वको अवसरमा रौतहटको ईशनाथ नगरपालिका-९, डुमरियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथि कृष्णा यादवले आफ्नो मन्तव्य राखिदै विकास र समाज बदलाबको लडाई लडनु पर्छ बताएका छन।
यादवले गाउँ गाउँमा जनताको गुनासो सुनेर समाधान गर्न र विकास निर्माण कार्य गरेकोले राजनीतिलाई व्यापार बनाएका अन्य सबै दल आतिएको यादवको भनाई छ ।
सामाजिक न्यायका साथ रौतहटमा लागिएकी समाजसेवी अन्जु झा र समग्र देशको विकास पथमा दिनरात लाग्नुभएकी जनताको गुनासो सुन्न गाउँ-गाउँ, घर-घरमा पुग्ने उद्देश्यले शुभकामना आदानप्रदान तथा कोरोना सम्बन्धी जनचेतना कार्यक्रम गरिरहनु भएकी छीन ।
उपस्थितमा रहेको ईन्दल कुशवाहा, विशिष्ट अतिथिको रूपमा नेपाली कांग्रेस पार्टीका जिल्ला सभापति क्रिसना कुमार यादव,वडा नं अाठको वडा अध्यक्ष सेख चाँद अली,र वडा सातको वडा अध्यक्ष सेख खालिक,वडा नं. एकका वडा अध्यक्ष विगु वियास,र पत्रकार लगायत नेपाली कांग्रेस पार्टीका कार्येकर्ता हरू उपस्थित रहेको थियो ।