लागुऔषधसहित काठमाडौंबाट २२ जना पक्राउ

404

काठमाडौं // प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ठूलो परिमाणमा लागुऔषधसहित २२ जनालाई पक्राउ गरेको छ।  पक्राउ पर्नेहरुबाट खैरो हेरोइन ४५९ ग्राम, डाइलेक्स डीसी ११८० बोतल, नाइट्राभेट ट्याब्लेट १२६० थान, प्रोक्सीभन क्याप्सुल १५० थान बरामद भएकाे गरिएकाे प्रहरीले जनाएकाे छ।

बरामद लागुऔषधकाे ​अबैध बजार मूल्य रु. ५८ लाख १० हजार ८०० रुपैयाँ पर्ने लागुऔषध नियन्त्रण ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक योगेन्द्र कुमार खड्काले जानकारी दिए।

पक्राउ पर्नेहरुमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ स्थायी ठेगाना भएकी वर्ष ३३ की तुलसा खड्का, तुलसा खडकालाई लागुऔषध कारोबारमा सहयोग गर्ने सुनसरीको बराह नगरपाकिा–७ स्थायी ठेगाना भएका वर्ष २७ को  युवराज खड्का, रौतहटको डुमरियाना–२ घर भएका वर्ष ४६ को किशोर चौलागाई, सिन्धुपाल्चोकको पाँचपोखरी थङपाल गाउँपालिका–१ घर भएका वर्ष ४७ को मान बहादुर तामाङ रहेका छन्। 

यस्तै, सर्लाहीको हरिवन नगरपालिका–४ स्थायी ठेगाना भएका वर्ष ३५ का बुद्ध बहादर बोम्जन, सर्लाहीकै ईश्वरपुर नगरपालिका–६ स्थायी ठेगाना भएका वर्ष २१ का ‘सन्तोष’ भन्ने विपिन कुसहवा, प्रदेश २–०३–००१ च २५०९ नं. को गाडी चालक रौतहट गरुडा नगरपलिका–९ बस्ने वर्ष २५ को सुभाष राय यादव, वडा नं. ८ स्थायी ठेगाना भएका वर्ष १९ को मोहमद आसफाक आलमलाई पनि लागुऔषधसहित प्रहरीले पक्राउ गरेको छ।

यसैगरी सर्लाहीको हरिवन नगरपालिका–३ ठेगाना भएका वर्ष ४२ को रतन मोक्तान र वर्ष १८ का दिपक श्रेष्ठ पनि पक्राउ परेका छन्। 

पक्राउ परेकाउपर लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागुऔषध हेरोइन मुद्दा र नियन्त्रित लागुऔषध मुद्दामा म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।