रौतहट,
बौधिमाई नगरपालिकामा दक्षक स्वास्थ्यकर्मचारी सहित आधुनिक सेवासुविधा सम्पन्न स्वास्थ्य चौकी भवन एक कार्यक्रम बिच उद्धघाटन गरिएको छ ।
रौतहट जिल्लाको क्षेत्र नं २ प्रदेशसभा (ख) अन्तर्गत पर्ने बौधिमाई नगरपालिकाका वडा नं ५ कोपवा टोलमा कार्यक्रम गरी जनताहरुले बर्षौ देखि भोगिरहेको स्वास्थ्य समस्यालाई सधैको लागि नगर स्तरीय विकास योजना मातहत स्वास्थ्य चौकी निर्माण गराई सो दुखबाट उन्मुक्ति गराउदै उद्धघाटन गरिएको हो ।
स्वास्थ्य चौकी भवन उद्धघाटन कार्यक्रममा प्रमुख आतिथ्य बौधिमाई नगरपालिकाको मेयर राजीव रंजन यादव उर्फ राजु यादव, विशिष्ट अतिथिको रुपमा राकेश यादव, बौधिमाई नगरपालिका -६ पिपरियाको वडा अध्यक्ष हिर्देनारायन यादव र बौधिमाइ नगरपालिका -५ को वडा अध्यक्ष बिजुली राय यादवको अध्यक्षमा स्वास्थ्य चौकी कोपवा गाउँमा मेयर राजिव रन्जन यादव द्वारा उद्धघाटन गरिएको छ ।
समाजमा सबैको सधै काम लाग्ने स्वास्थ्य चौकी उद्धघाटन गरिएको छ ।।
बौधिमाई नगरपालिकाको मेयर राजिव रन्जन यादवले सम्बोधन गर्दै मानव जीवनको लागि महत्वपूर्ण मानिने स्वास्थ हुन जसको राम्रोसँग ख्याल गर्न सकेन भने धेरै प्रकारका रोगबाट ग्रसित भई ज्यान गुमाउनु परिरहेको छ भने स्वास्थ्य चौकीमा जानको नितिम सल्लाह सुझाव समेत दिनुपर्छ । कृषि गर्नका लागि जसरी किसान चाहिन्छ त्यस्तै मानिसको शरिरको हेरचाह गर्ने प्रत्येक गाउँ ठाउँमा स्वास्थ्यकर्मी सहितको अस्पताल हुन एकमै अतिआवश्यक रहेको यादवले बताए ।
नगरभित्रको जनतालाई अब देखि लामो दूरी वा अन्य ठाउँमा जान्न नपर्ने यहाँहरुको लागि बौधिमाई नगरपालिकाको मेयर राजीव रंजन यादव उर्फ राजु यादवले स्वास्थ्य चौकीको उद्धघाटन गरिएको छ ।
त्यस्तै जिल्लाकै सबभन्दा कान्छो बौधिमाई नगरपालिकाका युवा मेयर राजीव रंजन उर्फ राजु यादवले चुनावी दौडमा जनतासँग भोट माग्ने वेला नगर स्तरीय १५ शैयाको आधुनिक प्राविधि, एमबीबीएस र एमडी दक्षक डाक्टर सहितको अस्पताल निर्माण गराई सेवा समेत सुचारु गराउने प्रतिबद्धता गरेको थिए ।अहिले केन्द्र सरकारले मन्त्रालय हेरफेर गरेको कारण देशभरीमा एक सय चार नयाँ अस्पतालको लागि बजेट र सुकृति दियो तर यस नगरपालिकाको नाम आएन तरपनि आफै पटक पटक स्वास्थ्य मन्त्रालयमा गएर सचिव, उपसचिव र सहसचिवसँग भेटघाट गरी जसरी भएपनि अस्पताल दिनैपर्छ भन्दा भन्दै यसपालि दशै तिहारको बिचमा रकम निकासा गर्छु भने प्रतिबद्धता दिएको मेयर यादवले जनाएका छन ।
तत्कालीन गाउँ विकास समिति हुदा ९ वटा वडा थियो तर सबै ठाउँमा राम्रो व्यवस्थित स्वास्थ्य चौकी थिएन तर नगर बनेको केही दिन भित्रमै प्रत्येक वडामा स्वास्थ्य चौकीको निर्माण गराई तालिम प्राप्त सबै खाले सामाग्री उपलब्ध सहित स्वास्थ्यकर्मी समेतको दर्बन्दी गरी व्यवस्थित रुपमा संचालन भएको छ । एकतर्फी विकास निर्माण कार्य गर्नु मात्रै विकास हो भनेर हुँदैन शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, कृषि, बिधुत, भौतिक संरचना, नाला र ढल निकास आदि विकास कार्य नै चौतर्फी विकास हो भने मैले आफनो कर्तव्य बुझे । जनताले जुन विश्वासको साथ आफुलाई आफनो अमुल्य मत दिएको छ त्यसको मसधै कदर गरी अगाडी बढेको मेयर यादवले बताए ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको मेयर राजिव रन्जन यादवले कोपवामा ईतिहासीक कार्य स्वास्थ्य चौकीको उद्घाटन गरिएको छ । समाज निर्माणमा सडक, नाला निर्माण कार्य भन्दा ठूलो स्वास्थ चौकीको आवश्यकता पर्दछ । नगरको जनताले आफुलाई स्वास्थ्य परामर्श तथा सामान्य उपचार गराउन शहर जानुपर्ने बाध्यताबाट छुटकारा पाएका यादवले बताए ।