डाक्टर गोबिन्द केसिको समर्थनमा वीरगन्जको घन्टाघरमा शान्तिपुर्ण प्रदर्शन

887

पर्सा – नेपाली कांग्रेस पर्सा द्वारा मंगलबार सत्याग्रही डाक्टर गोबिन्द केसिको समर्थनमा वीरगन्जको घन्टाघरमा शान्तिपुर्ण प्रदर्शन गरेको छ ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदी ,नेता सुरेन्द्र प्रसाद चौधरी ,जिल्ला उपाध्यक्ष द्वय दिना गुप्ता ,प्रकाश उपाध्याय , सचिव शयाम पटेल , सह सचीव रोशन लामिछाने , किरण सरकार ,नेविसंघ पर्सा अध्यक्ष विश्वास द्विवेदी विद्यार्थी नेता जितेन्द्र मिश्रा लगायतको नेता कार्यकर्ता बिच सामाजिक दुरि कायम गर्दै सम्पन्न भएको नेपाली कॉंग्रेस का जिल्ला सचिव श्याम पटेलले जानकारी दिए ।

नेपाली कांग्रेसका सभापति अजय कुमार द्विवेदीको अध्यक्षतामा कारिक्रम भएको हो

नेता पटेल अनुसार प्रदर्शनमा सहभागी कांग्रेस नेता कार्यकर्ताले नागरिकका पक्षमा सत्याग्रही डाक्टर गोबिन्द केसिले राखेका सबै मागहरु जायज भएको भन्दै अविलम्ब पुरा गर्न सरकारसँग माग गर्दै अन्यथा कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका थिए ।