रौतहट ७ कार्तिक ।। समान र न्यायीक समाजको लागि लैङ्गिक हिंसा न्यूनीकरण परियोजना ग्रामीण विकास केन्द्र नेपाल रौतहट पीडित केन्द्रित दृष्टिकोणलाईबाट लैङ्गिक हिंसाका मुद्दाहरुलाइ घटाउने र सम्बोधन गर्ने सामुदायिक स्तरको कार्ययोजना विकास गर्न सुरक्षा निकायहरु धार्मिक नेताहरु, समुदायका नागरिकहरू, स्थानीय प्रतिनिधिहरु संग परामर्श कार्यशाला कार्यक्रम आज रौतहटको साइमन होटेलमा सम्पन्न भएको छ ।
सो कार्यक्रममा राजदेवी नगरपालिका ३० जना र राजपुर नगरपालिकाका ३० जना सहभागी रहेकोे थियोे ।
सो कार्यक्रममा राजदेवी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष सनुप महतो, वडा नं. ९ वडा अध्यक्ष पुलिन्द्र दास, नेपाल पत्रकार महासंघ रौतहट शाखा अध्यक्ष प्रेमचन्द्र झा, कार्यक्रम संयोजक धर्मेन्द्र कुमार साह लगायतको सहभागिता रहेकोे थियोे ।