नागरिकता विधयेक विरुद्ध रौतहटमा प्रदर्शन

1562

रौतहट ७ असार ।। विदेशी बुहारीलाई सात वर्ष पछि मात्रै वैवाहिक अंगिकृत नागरिकता दिने नयाँ विधयेकको विरोधमा रौतहटमा प्रदर्शन गरिएको छ ।

नयाँ नागरिकता विधयेकले भारतीय छोरीसँग विवाह गर्दा सात वर्ष पछि वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्थाले मधेशी समुदायलाई दीर्घकालिन रुपमा असर पर्ने भएकाले नयाँ नागरिकता विधयेकको खारेजीको माँग गर्दै रौतहटमा नेपाली काँग्रेस र जनता समाजवादी पार्टीले छुट्टा छुट्टैै विरोध प्रदर्शन गरेका हुन्।

विरोध प्रदर्शनमा नेपाली काँग्रेसका जितेन्द्र यादवले केपी ओली सरकारले भारतसँग मधेशको रोटीबेटीको सम्बन्ध विगार्नलाई यो विधयेक लागू गर्न खोजेको आरोप लगाएका छन्।

मधेशी समुदायका ६० प्रतिशत भन्दा बढी भारतसँग वैवाहिक सम्बन्ध रहदै आएको र उनीहरूको छोरीलाई विवाह गरेर ल्याउँदा सात वर्ष पछि मात्रै नागरिकता दिने कुराले भारतीय पक्षले छोरी दिन नचाहने व्यवस्थालाई निमत्याउन यो नागरिकता विधयेक लाद्न खोजिएको बताए ।

ल्याउन लागिएको नागरिकता विधयेक कुनै पनि हालतमा लागू गर्न नदिने र यसको लागि काँग्रेसले निरन्तर संघर्ष गरिरहने यादवले बताए ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति कृष्णा यादवले केपी ओली सरकार अहिले पनि मधेशी समुदाय विरोध लागेको आरोेप लगाए । अहिले नयाँ नागरिकता विधयेक भन्दा कोरोनाबाट नेपाली जनतालाई राहत दिने कार्यमा लाग्नु पर्नेमा सरकारले अनावश्यक काम गरेर जनतालाई भडकाउन खोजेको यादवले बताए ।
बिरोध प्रदर्शनको क्रममा कृष्ण यादव,जितेन्द्र यादव दुर्गा भगवती गाउँपालिका अध्यक्ष अरुण कुमार साह,गढीमाइ नगरपालिकाका नगर प्रमुख श्याम प्रसाद यादब रहेका नेपाली काग्रेसका युवा नेता नितेश कुमार गुप्ताले जानकारी दिएका छ्न ।