रौतहट – गरुडा नगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सामाजिक सुरक्षा भत्ता र बालपोषण भत्ता प्राप्त गरिरहेका सेवाग्राहीहरूलाई तत्काल बैंक खाता खोल्नका लागि सूचना जारी गरेको छ।
नगरपालिकाको सूचनाअनुसार, वडा नं. १ देखि ९ सम्मका सेवाग्राहीहरूले आफ्नो सम्बन्धित वडामा भत्ता वितरण गरिने बैंकहरूमा गई २०८१ पुस १६ सम्म खाता खोल्नुपर्नेछ। खाता नखोली MIS प्रणालीमा विवरण अद्यावधिक नगरिएमा त्यसको जिम्मेवारी सेवाग्राही स्वयंले लिनुपर्ने नगरपालिकाले स्पष्ट पारेको छ।
खाता नखोलेका सेवाग्राहीहरूको विवरण: वडा नं. १: २२ जना,वडा नं. २: ३२ जना,वडा नं. ३: ३४ जना,वडा नं. ४: २० जना,वडा नं. ५: १२ जना,वडा नं. ६: ७ जना,वडा नं. ७: ३ जना,वडा नं. ८: ३१ जना,वडा नं. ९: ५३ जना
कुल: ४९२ जना भत्ता वितरणमा समस्या हुनसक्ने स्पष्ट पारेको छ।
पहिलो त्रैमासिक भत्ता छुटेका सेवाग्राहीहरूलाई समेत यही समयसीमाभित्र खाता खोल्न र वडाका सम्बन्धित कार्यालयहरूमा सम्पर्क गर्न अनुरोध गरिएको छ। नगरपालिकाले यो सूचना आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा वेवसाइटमा पनि अपलोड गर्न सूचना प्रविधि शाखालाई निर्देशन दिएको छ। यो सूचना नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुहम्मद मुस्ताक आलमको हस्ताक्षरसहित सार्वजनिक गरिएको हो।