राैतहट १२ कात्तिक । असन्तुष्टि जनाउँदै पार्टीको बैठक बहिस्कार गर्दै आएका एमालेका केन्द्रीय कमिटी सदस्य प्रभु साह आजको बैठकमा सहभागी भएका छन् । उनी शुक्रबारको केन्द्रीय कमिटी बैठकमा सहभागी भएका हुन् । उनले यसअघि आफ्नो माग पूरा नभएको भन्दै असन्तुष्टि जनाउँदै आएका थिए । नेकपा विभाजन हुदाँ एमालेमा नै रहेका साहले पार्टीलाई नेकपाकै निरन्तरता दिनुपर्ने माग गर्दै आएका छन् । उनी एमालेबाट अलग हुने भन्ने चर्चासमेत चलेको थियो । हालै अध्यक्ष केपी शर्मा ओलीलाई भेट गरेका साह पार्टीमै रहन सहमत भएको नेताहरू बताउँछन् ।